Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिशान इन्डियाको नयाँ म्याग्नाइट नेपालसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात

निशान इन्डियाको नयाँ म्याग्नाइट नेपालसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात


काठमाडौं ।
निशान इन्डियाले आफ्नो नयाँ उत्पादन निशान म्याग्नाइट नेपाल, इन्डोनेसिया, दक्षिण अफ्रिकामा निर्यात गर्ने घोषणा गरेको छ । यो नयाँ पुस्ताको उत्पादन सन् २०२० को डिसेम्बरमा प्रारम्भ गरिएको थियो र सन् २०२१ को मे महिनासम्म १५ हजार १० वटा निशान म्याग्नाइट पूर्णरुपमा तयार गरिसकेको थियो । आधुनिक प्रविधि र आकर्षणयुक्त यो सवारीसाधनमध्ये १३ हजार सात सय ९० वटा भारतीय बजारमा गइसकेको थियो भने एक हजार दुई सय २० वटा निर्यात गरिएको थियो ।

‘मेक इन इन्डिया, मेक फर वल्र्ड’ अवधारणासहित निर्माण गरिएको यो नयाँ सवारीसाधन भारतमा सफलतापूर्वक विस्तार गर्नुका साथै निर्माण भएको ३० दिनमा नेपालमा सात सय ६० भन्दा बढी बुकिङ्ग भएकोले यसले निर्धारण गरेको मासिक बिक्री एक हजार पाँच सय ८० पूरा हुने विश्वास गरिएको छ ।

नयाँ उत्पादनको विशेषता र यसको सफल भविष्यबारे आफ्नो धारणाा व्यक्त गर्दै निशान मोटर इन्डिया प्रालिका अध्यक्ष सिनान ओजकोकले भने, ‘भारतीय उपभोक्ताहरुले यसको नमूना र नयाँ प्रविधिलाई अत्यन्त रुचाएका छन् र भविष्यमा यसले आफ्नो बजार आक्रामकरुपमा अगाडि बढाउनेछ ।’ उनले ‘मेक इन इन्डिया, मेक फर वल्र्ड’ अवधारणाले विश्व बजारमा पनि उपभोक्ताले रुचाउने र राम्रो बजार पाउने पनि विश्वास व्यक्त गरे । जति जति उपभोक्ताले आफ्नो प्रयोगमा ल्याउँछन्, त्यति नै यसको माग बढ्दै जाने उनको धारणा छ । निशान म्याग्नाइट जति जति उत्पादन बढाइँदै जान सक्यो त्यति नै विश्व बजारमा यसको माग पनि बढ्दै जानेछ ।

प्रारम्भिक अवस्थामा नै यसको गुणस्तरले जसरी आकर्षण देखापरेको छ, यसले निशान म्याग्नाइटको बजार विस्तार हुने निश्चित छ । निशान मोटर इन्डिया प्रालि जापानको निशान मोटर कम्पनीको शतप्रतिशत सहायक कम्पनी हो र सन् २००५ देखि भारतमा उत्पादन थालेको हो । यसको कारखाना चेन्नईमा रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया