Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटोकियो ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटीबीच साझेदारी

टोकियो ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटीबीच साझेदारी


काठमाडौं ।
अनलाइन सपिङ बजार, दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग ‘टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ । बुधबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्धनिर्देशक लिनो अलरिङ्गले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा आयोजित ओलम्पिक डे २०२१ को विशेष समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । दराज अलीबाबा समूहको एक हिस्सा हो । अलीबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को विश्वव्यापी पार्टनर हो ।

यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिँदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ । सँगैसँगै यस सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवर्द्धनमा साथ दिने विश्वास गरिएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवराम श्रेष्ठले टोकियो २०२० ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको प्रवर्द्धनका लागि दराजसँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको बताए । साथै सहभागी २०७ देशमध्य नेपाली खेलाडीले आफ्नो पूरा मिहिनेत, जोस र सपना पूरा गर्ने लक्ष्यसहित प्रदर्शन गर्ने आशा राखेको उनको भनाइ थियो ।

यसबाहेक दराजले पनि ओलम्पिक खेलको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको उनले बताए । ओलम्पिक खेललाई विश्व खेलकुदको महोत्सबका रुपमा लिइन्छ जसलाई विश्वभरका दर्शकले हेर्ने गर्दछन् । एनओसीले दराजको माध्यमबाट नेपाली दर्शकले पनि जुलाई २३ देखि अगस्त ८ सम्म हुने ओलम्पिक हेर्न, यसबारे सुसूचित हुने र विभिन्न सामाजिक सञ्जाल र अन्य माध्यमबाट सहभागी गराउने प्रयास रहनेछ ।

यस्तै दराजका प्रबन्धनिर्देशक अलरिङ्गले खेलकुद र त्यसमा पनि ओलम्पिकले आफ्नो बेग्लै परम्परागत पहिचानसहित विश्वभरका मानिसलाई एकसाथ बाँध्ने गरेको बताए । अहिले कोभिड–१९ को यस कठिन समयमा सबैको जीवनमा असर पर्दा पनि यसले कही खुसी दिने प्रयास गरेको उनको भनाइ छ । टोकियो २०२० समर ओलम्पिक २३ जुलाईदेखि सुरु हुँदै छ । दुई सयभन्दा बढी देशको सहभागिता रहने यस महोत्सवमा १२ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो साझेदारीको मुख्य लक्ष्य ओलम्पिकको गर्विलो इतिहासको नेपालमा सकेसम्म बढी प्रवर्द्धन होस् भन्ने नै रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया