Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपठाओ फुडमा ३० प्रतिशतसम्म छुट

पठाओ फुडमा ३० प्रतिशतसम्म छुट


काठमाडौं ।
पठाओ फुडले ‘डेलिभरिङ ह्याप्पिनेस एट योर डोरस्टेप’ नाराका साथ विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले करिब ४० वटा रेस्टुरेन्टको फुड मेनुमा ३० प्रतिशतसम्म छुट र डेलिभरीमा भारी छुटलगायतका अफर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार फुड अर्डर गरेको बढीमा ४५ मिनेटभित्र डेलिभरी हुनेछ । छोटो समयमा तात्तातै फुड डेलिभरी गर्नु पठाओ फुडको विशेषता भएको कम्पनीले जनाएको छ । लामो समयको निषेधाज्ञाले गर्दा होटल तथा रेस्टुरेन्टको परिकारका स्वादबाट वञ्चित खानाका पारखीहरुले अब अफरको सदुपयोग गरी आफ्नो रोजाइको रेस्टुरेन्टबाट आफ्नो रुचिको परिकार घर तथा अफिसमै भारी छुटका साथ डेलिभरी मगाउन सक्न्नेछन् । पठाओको ‘फुड डेलिभरी’ सेवाग्राहीमैत्री भएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

‘फुडम्यानको लाइभ ट्र्याकिङ गर्न सकिने र एकै पटक तीन फरक रेस्टुरेन्टबाट अर्डर गर्न सकिने भएकाले सेवाग्राहीलाई सहज हुन्छ। साथै हामी स्वास्थ्य सुरक्षाका सावधानीमा पनि सजग छौँ’, उनले भने । नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको थियो ।

सन् २०२० सेप्टेम्बरबाट पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा समेत सुरु गरेको छ । हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको जनाएको छ । सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी जेठ ३० गतेदेखि सुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा रहेको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया