Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोनपेको ‘रिफर एण्ड अर्न’ अफर योजना, एक लाख रूपैयाँसम्म जित्न सकिने

फोनपेको ‘रिफर एण्ड अर्न’ अफर योजना, एक लाख रूपैयाँसम्म जित्न सकिने


काठमाडौं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । यस अफरअन्तर्गत ‘फोन पे अफर एप’मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सयसम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । साथै दैनिक सबैभन्दा बढी रिफर गर्नेले एक हजार रूपैयाँ प्राप्त गर्न सकिन्छ । यस योजनामा असार ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यस योजनाको बम्पर उपहारमा तीन जनाभन्दा बढीलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत एक लाख रुपैयाँ जित्न सकिनेछ । अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरी लग इन गर्नेहरूमध्ये एक जनाले आइफोन १२ जित्न सक्नेछन् ।

फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरी विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा दुई हजार रूपैयाँ जित्न सकिनेछ । फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ ।

फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामानहरू पनि किन्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने तीन लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया