Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअटोमोबाइल्स व्यवसायीलाई कोरोना खोप उपलब्ध गराउन माग

अटोमोबाइल्स व्यवसायीलाई कोरोना खोप उपलब्ध गराउन माग


काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल वर्कशप, शोरुम तथा स्पेयर पाट्र्स व्यवसायमा संलग्न व्यवसायी, कर्मचारी, टेक्निसियन र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल वर्कशप, शोरुम तथा स्पेयर पाट्र्स पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड १९ विरुद्धको खोप यथाशक्य छिटो उपलब्ध गराउने व्यवस्थाका लागि सरकारसँग माग गरेका हुन् ।

विश्वव्यापी रुपमा पुनः विश्वमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरबाट जनताको स्वास्थ्य रक्षाका लागि सरकारले वैशाख १६ देखि जारी गरेको लकडाउनलाई सरकारले केही खुकुलो पार्दै लगेको छ ।

सरकारले अटोमोबाइल वर्कशप, शोरुम तथा स्पेयर पाट्र्स समेत तोकिएको समयमा मात्र खुल्ला हुने गरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा आफ्नो व्यवसायमा संलग्न भई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने भएकोले खोप उपलब्ध गराउन सरकारसँग माग गरिएको नाडाले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया