Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसनफ्लो हिराको उपहार चौथो लक्की ड्र विजेताहरुको नाम घोषणा

सनफ्लो हिराको उपहार चौथो लक्की ड्र विजेताहरुको नाम घोषणा


काठमाडौं, माघ ६

सनफ्लो सनफ्लावर तेल ‘सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ योजनाअन्तर्गत चौथो लक्की ड्र कार्यक्रमअन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुको नाम घोषणा गरिएको छ । चौथो लक्की ड्रअन्तर्गत पाल्पा निवासी खिम बहादुर विकले हिराको नेकलेस जितेका छन् । त्यसैगरी पेप्सीकोला निवासी सौरभ श्रेष्ठ र विराटनगर निवासी नम्रता राईले हिराको लकेट जितेका छन् । वसुन्धारा निवासी जुनु श्रेष्ठ र पाल्पा निवासी केशमाया पुनले हिराको टप जितेका छन् । विजेताहरुको नाम इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी घोषणा गरिएको थियो । केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रालिले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि सुरु भई सीमित अवधिका लागि मात्र लागू रहने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनुपर्नेछ । लक्की ड्रमार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्रमार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया