रिचार्जरको बिग सेलमा ‘पत्याउनै नसकिने’ अफर
काठमाण्डौँ,माघ ६
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सोमबार मोबाइल एप रिचार्जरमा बिगसेल २०२० सञ्चालन हुने भएको छ । सोमबार रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउने भएको छ ।भ्रमण वर्ष सचिवालयको आधिकारिक इ–कमर्स प्लेटफर्म समेत रहेको रिचार्जरमा सोमबार दिनभर बिग सेल चल्नेछ । ह्याप्पी आवरअन्तर्गत प्रत्येक घण्टाको अन्तरमा २०२० रुपैयाँमा एक्स्क्लुसिभ अफरहरु उपलब्ध हुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । बिगसेलमा मेगा डिलअन्तर्गत ६० प्रतिशतसम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउन्ट पनि पाउन सकिन्छ ।
विश्वभर रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफरअन्तर्गत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् । भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीनवटा नयाँ प्रोडक्ट तथा सर्भिस पनि ल्याउँदै छ । जसमा डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा एक्साइटिङ अफरहरु उपलब्ध हुनेछन् । जसमा २४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुनेछ । बिगसेलमा नेपालीलाई नेपाल घुमाउने योजनाअन्तर्गत सस्तो मूल्यमा विभिन्न गन्तव्यको टूर प्याकेजहरु उपलब्ध हुनेछ । विभिन्न पर्यटकीय स्थलमा हेलिकप्टरमार्फत सस्तो मूल्यमा भ्रमण गर्ने प्याकेज पनि रिचार्जरमा उपलब्ध हुनेछ । इलेक्ट्रोनिक्स, ग्याजेट्स, टूर प्याकेजहरु किस्ताबन्दीमा उपलब्ध गराई सेवाग्राहीलाई वित्तीय भारबाट छुट्कारा दिलाउने योजना रिचार्जरको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया