Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रथम खोटाङ दिक्तेल महोत्सव हुने

प्रथम खोटाङ दिक्तेल महोत्सव हुने


खोटाङ, माघ ६

खोटाङको दिक्तेलमा आयोजना हुने प्रथम खोटाङ दिक्तेल महोत्सवमा एक अर्बबराबरको कारोबार हुने अनुमान गरिएको छ । खोटाङ उद्योग वाणिज्य संघ दिक्तेलको आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा आगामी फागुन २ गतेदेखि १२ गतेसम्म खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा महोत्सव हुनलागेको हो । ‘आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनका लागि पूर्वाधार’ भन्ने नाराका साथ जिल्लामै पहिलो पटक आयोजना गरिएको प्रथम खोटाङ महोत्सवमा जिल्लाभित्र रहेका पर्यटन क्षेत्र र संस्कृतिको प्रचारप्रसार, वन पैदावर, जडीबुटी, कृषि प्रविधि र उपजको बजारीकरण साथै व्यापार व्यवसायको प्रवद्र्धन गर्दै आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा स्थानीय कृषिउपज, जडीबुटी, हेन्डी क्राफ्ट, राष्ट्रिय कृषि प्रविधि, औद्योगिक सूचना प्रविधि, उत्पादन, बैंक तथा वित्तीय संस्था र सेवासम्बन्धी, अटोमोबाइल सवारीसाधन, फ्लोरिकल्चर र गार्मेन्टलगायतका सय बढी स्टलहरु रहने जनाइएको छ । महोत्सवमा खोटाङ जिल्लाका आदिवासीहरूको संस्कृति भेषभूषाहरुको प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, जातीय खानाको मौलिक परिकारहरूको बिक्री तथा प्रदर्शनी, विभिन्न राष्ट्रिय व्यक्तित्वहरूको सम्मान कार्यक्रम, साथै महोत्सवलाई थप आकर्षक बनाउन पालिकास्तरीय दोहोरी प्रतियोगिता र खोटाङ आइडल नृत्य प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गर्ने तयारी भइरहेको वाणिज्य संघले बताएको छ ।

महोत्सवको स्टल निर्माणका लागि एआईके ग्रुप काठमाडौँ व्यवस्थापकीय सहयोग गर्नेछ भने नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ नम्बर विराटनगर मुख्य सहयोगी रहनेछन् । महोत्सवले आन्तरिक बजार सबलीकरण गर्ने र निकासीयोग्य स्थानीय उत्पादनको बजारीकरण गर्न प्रचार–प्रसार गर्दै उच्चतम दिगो आर्थिक समृद्धि हासिल गर्नमा टेवा पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तहको कार्यान्वयनसँगै साबिकको सदरमुकाम रहेको दिक्तेलबजारको खस्किँदो व्यापार–व्यवसायलाई पुनः जागृत गराउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने वाणिज्य संघले विश्वास लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया