Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपाठक फुडको उत्पादन न्यून गुणस्तरयुक्त

पाठक फुडको उत्पादन न्यून गुणस्तरयुक्त


बुटवल,माघ ६
पाठक फुड प्रोडक्ट्स प्रालिले तिलोत्तमा–३ शंकरनगर, रुपन्देहीले उत्पादन गरेका केही उत्पादनहरु बजारमा न्यून गुणस्तरका भेटिएका छन् । विशेष गरेर दालमोठ तथा नमकिन उत्पादन गर्ने उद्योगको रुपमा परिचित उद्योगका उत्पादनहरु न्यून गुणस्तरका भेटिएका हुन् । पाठकका अन्य उत्पादनहरुभन्दा गजब फुरनदाना न्यून गुणस्तरको भेटिएको छ । उक्त फुरनदाना खाँदा ओसिएको र पिठो खाएजस्तो केहि न केहिको स्वाद हुने प्रयोगकर्ताहरु बताउँछन् । तिलोत्तमा नगरपालिकास्थित एक पसलमा उक्त फुरनदाना लिएको अवस्थामा एक स्थानीयले भने, ‘यो लैजान लाग्नुभएको नलैजानुस्, यो राम्रो छैन ।

सबै ओसिएको छ । कहिले बनेको भन्ने मिति पनि छैन । मैले पनि एक प्याकेट लगेको थिए ओसिएको भएर खाँदा कुनै स्वाद नआएपछि फ्याँकिदिएँ । सायद गोदाममा थन्किएको सामान पठाए होलान् । किन कम गुणस्तरको खानुहुन्छ आफैँ घरमा चिउरा भुटेर पनि झन् स्वादिलो बनाउन सकिन्छ । मैले पनि त्यस्तै गर्ने गरेको छु ।’ पाठकले बजारमा पठाएको फुरनदाना ओसिएपछि न्यून गुणस्तरको त भयो नै त्यसमा पनि ब्याच नं., प्याकेजिङ मिति, म्याद सकिने मिति, अधिकतम खुद्रा मूल्य केही पनि राखिएको पाइँदैन । मापदण्ड पु¥याउनको लागि सबै कुराहरु राख्नुपर्ने प्रावधान रहे पनि केही नराख्दा उद्योगले जनस्वास्थ्य माथि गम्भीर रुपमा खेलबाड गरेको प्रष्ट हुन्छ ।

प्याकेटमा अधिकतम खुद्रा मूल्य नभएपछि व्यापारीहरुले पनि मौकाको फाइदा छोप्दै प्रति प्याकेट एक सय रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म लिएर बजारमा लुट मच्चाएका छन् । बजारका अधिकांश क्षेत्रहरुमा न्यून गुणस्तरको उत्पादन भेटिएपछि उद्योगका सञ्चालक सुमन पाठकलाई फोन गर्दा पाठकले भने त्यस्तो त हुनु नपर्ने हो भएको छैन र हैन भन्दै दाबी गरे । उनले सबै उत्पादनहरुमा उल्लेख गर्नुपर्ने कुराहरु उल्लेख गरिएको दाबी गर्दै कुनै कारणले मेटिएको हुनसक्ने गैरजिम्मेवारी पूर्ण तर्क राखे । तपाईंहरु आफ्नो उत्पादनको बजार अवस्था कस्तो छ भनेर अनुगमन गर्नुहुन्न भन्ने प्रश्नमा पाठकले भने, ‘बजार अनुगमन गर्छौं, विशेष गरेर उत्पादन गरिसकेपछि बिक्रीवितरणको लागि डिलरलाई जिम्मा दिन्छौं ।’ डिलरहरुले पनि ओसिएर न्यून गुणस्तर नहोस् भनेर विशेष ध्यान दिइरहेको पाइन्छ । जहाँसम्म उल्लेख गर्नुपर्ने कुराहरु छ, त्यो मेटिएर नै हुनसक्छ के रहेछ एकपटक बजारमा अनुगमन गरी वास्तविकता बुझ्ने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया