सोलुमा बिजुली आन्दोलन
सोलुखुम्बु,माघ ६
हाइड्रो प्रभावित क्षेत्र तिङलामा विद्युत् विस्तार नगरी केन्द्रीय प्रसारणलाइनमा विद्युत् जोड्ने कार्यक्रम आयोजना गरेपछि स्थानीयले कार्यक्रम स्थलमा आगजानी गरेका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाको लाम्मानेमा करिब एक दर्जन मोटरसाइकल स्थानीयले जलाइदिएका हुन् । सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ८ पत्तालेमा शनिबार गर्ने भनिएको विद्युत्को केन्द्रीय प्रसारणलाइन उद्घाटन कार्यक्रममा झडप हुँदा ११ वटा मोटरसाइकल र एउटा बोलेरोमा स्थानीय तिङ्लाबासीले आगो लगाएका हुन् । हाइड्रो प्रभावित क्षेत्र तिङ्लामा विद्युत् विस्तार नभर्ई पत्तालेमा उद्घाटन गर्न लागेको भन्दै सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाका स्थानीयले कार्यक्रम बहिष्कार गरेका थिए । कार्यक्रम बहिष्कार गरेका स्थानीयले शनिबार बिहानैदेखि प्रदर्शन गरेका थिए । तिङ्लाबासीले कार्यक्रममा सहभागी व्यक्तिहरुको मोटरसाइकलमा जथाभावी आगो लगाएका हुन् ।
जिल्लाका संघीय सांसद हेमकुमार राईले शनिबार पत्तालेमा उद्घाटन गर्ने कार्यक्रम थियो । झडपमा केही मानिसहरु घाइते भएका छन् । कार्यक्रममा झडपको स्थिति सृजना भएपछि अतिथिहरु बीचबाटोबाटै सदरमुकाम सल्लेरी फर्किए । झडपपछि प्रदर्शनकारीहरुले ठाउँ–ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध भएसँगै सोलुखुम्बु भित्रिने दर्जनौँ सवारीसाधन पत्ताले क्षेत्रमा नै अलपत्र परेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया