Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवा र रियाबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता

इ–सेवा र रियाबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता


काठमाडौं ।
विश्वकै अग्रणी रेमिट्यान्स सेवाप्रदायक तथा युरोनेट वल्र्डवाइड इंकको सब्सिडरी कम्पनी रिया मनी ट्रान्स्फर र एफवानसफ्टको भगिनी कम्पनी इ–सेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीहरूले रियाको सञ्जालमा रहेका विश्वका एक सय ६० देशका चार लाख ७५ हजारभन्दा धेरै स्थानहरूबाट सहजै इ–सेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

योे सम्झौताले रिया मनी ट्रान्सफरले विश्वभर रेमिट्यान्सकोे डिजिटल भुक्तानीका लागि गरिरहेकोे प्रयासलाई थप सहयोग पु-याएको छ भने डिजिटल रेमिट्यान्स सेवाको बढ्दो महत्वलाई अझ बढी मान्यता दिएको छ । यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तीव्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्सकोे क्षेत्रमा ठूलो सहयोग पुग्नेछ ।

रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इ–सेवाका ४२ लाख बढी ग्राहकसम्म पहुँच हुनेछ । रिया मनि ट्रान्सफरका ग्लोबल सीईओ शौन फिल्डरले यो सहकार्यले यस क्षेत्रमा नयाँ अवसरहरु ल्याउने र सुलभ, सुविधाजनक र किफायती रेमिट्यान्स सेवामार्फत प्रवासी समुदायलाई सहयोग गर्ने बताए ।

एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले अन्तर्देशीय रेमिट्यान्समा विश्वको अग्रणी कम्पनी रियासँग साझेदारी गर्नु २००९ देखि नेपालमा दिगो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने कम्पनीको यात्राको महत्वपूर्ण कोसेढुङ्गा रहेको बताए । उनले भने, ‘हामी वैकल्पिक भुक्तानी सेवाहरू प्रदान गर्ने र वित्तीय सेवामा अधिक पहुँच पु-याउने मात्र होइन विश्वभरका नेपालीहरूका लागि पैसा पठाउँदा लागत घटाउने दिशामा काम गर्न उत्साहका साथ लाग्नेछौँ ।’

यस सहकार्यले नेपाललाई फिन्टेकमा आधारित रेमिट्यान्स सेवाका लागि उदीयमान बजारका रूपमा स्थापित गरेको छ । जहाँ, डिजिटल रेमिट्यान्सले जटिल भूगोल र तीन करोड जनसंख्यालाई परम्परागत किसिमको रेमिट्यान्स कारोबारमा भइरहेका चुनौतीहरुको समाधान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया