Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभेस्पा र अप्रिलिया स्कुटरको मनसुन अफर

भेस्पा र अप्रिलिया स्कुटरको मनसुन अफर


काठमाडौं ।
भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्स प्रालिले मनसुन अफर सुरु गरेको छ । यसअन्तर्गत यी दुई ब्रान्डका कुनै पनि स्कुटर किन्दा पाँच हजार नगद छुट, दुई आर्थिक वर्षको सवारी कर छुटका साथै रेनकोट, स्कुटर छोपने कभर र अफिसियल हेल्मेट समेत पाइनेछ ।

साथै कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै शून्य प्रतिशत ब्याजदरमा पनि स्कुटर खरिद गर्नसक्ने योजना ल्याएको छ, जसमा ग्राहकले कुनै पनी ब्याज तिर्नुपर्नेछैन । नेपाली बजारमा प्रिमियम लुक र फरक पहिचानको रुपमा भेस्पा र अप्रिलिया स्कुटर उपलब्ध छन् ।

भेस्पाका स्कुटर विभिन्न नौ मोडलमा उपलब्ध छन् भने अप्रिलियाका पाँच मोडल एसएक्सआर १६०, एसआर १५० रेस, एसआर १५०, एसआर १२५ र अप्रिलिया स्ट्रोम १२५ छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया