Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालका अप्राविधिक प्रशिक्षार्थीहरुका लागि पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स तालिम

नेपालका अप्राविधिक प्रशिक्षार्थीहरुका लागि पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स तालिम


काठमाडौं ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा ख्याति कमाएको सेवाप्रदायक संस्था फ्युजमेसिन इन्कले एआईटुगो तालिम कार्यशालाको आयोजना गर्ने भएको छ । नेपालका लागि यो अहिलेसम्मकै नयाँ एआई कार्यक्रम हो । एआईसम्बन्धी समग्र विषयहरुलाई समेटेर तयार गरिएको यो अनलाइन तालिम कार्यक्रम लगातार चार हप्तासम्म चल्नेछ ।

कम्प्युटर विज्ञान वा यससम्बन्धी प्राविधिक ज्ञान सीप पटक्कै नभएका वा सीमित ज्ञान भएका पेशाकर्मीहरु तथा कम्प्युटरमा काम गरिरहेका तर एआईसम्बन्धी पृष्ठभूमि नभएका सहभागीहरु यस तालिमको माध्यमबाट लाभान्वित हुन सक्नेछन् । यस तालिम कार्यक्रमको मुख्य लक्ष्य भनेको सहभागीहरुलाई एआईका बारेमा आधारभूत ज्ञान सीपहरुले युक्त बनाउनु र उनीहरुले काम गरिरहेको पेशागत क्षेत्रमा एआई तथा मेसिन लर्निङबारे सिर्जनात्मक ढंगले सोच्ने र जिम्मेवारीपूर्वक काम गर्नसक्ने गरी उनीहरुको क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ ।

यस तालिम कार्यक्रममा आठवटा प्रत्यक्ष अनलाइन सत्रहरु समावेश गरिएको छ । ती सत्रहरुको क्रममा अमेरिकाका एआई क्षेत्रका उल्लेखनीय विज्ञ, प्राध्यापकहरु र कम्प्युटर वैज्ञानिकहरुले गेष्ट लेक्चरको रुपमा कक्षाहरु लिनेछन् भने प्रोग्रामिङसम्बन्धी प्रयोगात्मक कक्षाहरु पनि सञ्चालन गरिनेछ । यस तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थीको सुविधाअनुसार डेस्कटप कम्प्युटर वा मोबाइल फोनमध्ये जुनसुकैबाट पनि जोडिन सकिनेछ । सहभागीहरुले प्रशिक्षणका विषयहरुसित सम्बन्धित अतिरिक्त अध्ययन सामग्रीहरु तालिम अवधिभित्र आफूलाई अनुकूल पर्ने जुनसुकै समयमा पनि डाउनलोड गरेर लिन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया