Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएसको ‘साथ छ हाम्रो’ योजना सार्वजनिक

टीभीएसको ‘साथ छ हाम्रो’ योजना सार्वजनिक


काठमाडौं ।
नेपालमा टीभीएस टु–ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘साथ छ हाम्रो’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा आठ हजार पक्कापक्की डिस्काउन्टको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यसैगरी किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सीमित अवधिसम्म शून्य प्रतिशत ब्याजदरको समेत विशेष सुविधा रहेको छ । आउँदो केही समयमा नयाँ आर्थिक वर्षको सुरुवात र कर प्रणालीमा वृद्धि जस्ता कारणले मोटरसाइकल र स्कुटर दुवैको दाम बढ्ने सम्भावना ज्यादा रहेकोले पुरानै र सस्तो मूल्यमा नयाँ साधन किन्ने यो योजना अन्तिम अवसर रहेकाले पनि ग्राहकमा यो योजना निकै आकर्षक रहेको कम्पनीको दाबी छ ।

यस योजना देशका सम्पूर्ण टीभीएस शोरुमहरुमा लागू हुने पनि कम्पनीले जनाएको छ । टीभीएसका सम्पूर्ण मोटरसाइकल वा स्कुटरमा पाँच वर्षको वारेन्टी रहेको छ । साथै आफ्नो गुणस्तरीय सेवा, सुविधा र पार्टपुर्जाको उपलब्धताका कारण पनि नेपाली अटोमोबाइल प्रेमीमाझ टीभीएस एउटा भरपर्दो नाम बनिसकेको कम्पनीको दाबी छ । टीभीएसले समयअनुरुप ग्राहकको आवश्यकता र परिस्थितिअनुसार समय–समयमा विभिन्न योजना तथा एक्सचेन्ज कार्यक्रमहरु समेत गर्दै आइरहेको टीभीएसले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया