Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकलंकीमा निशान र ड्याटसनको नयाँ शोरुम

कलंकीमा निशान र ड्याटसनको नयाँ शोरुम


काठमाडौं ।
निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । निशान र ड्याटसनको आधिकारिक डिलर, मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गर्ने बताइएको छ । कम्पनीका अनुसार महाराजगञ्ज र बालकुमारीपछि यो मेगा मोटर्सको तेस्रो शोरुम हो ।

पायोनियर मोटोकर्पका प्रबन्धनिर्देशक सन्दीप सारडाका अनुसार कलंकीको यो नयाँ शोरुम सञ्चालनमा आएसँगै कम्पनीको ग्राहक केन्द्रित सेवा विस्तारमा थप सहजता हुनेछ । साथै उपत्यकाका कुनै पनि ठाउँका ग्राहकहरुलाई सजिलैसँग सेवा प्रदान गर्न सकिनेछ ।

कम्पनीका अनुसार, काठमाडौं उपत्यकाको बढ्दो मागलाई मध्यनजर गर्दै सहज आपूर्तिको लक्ष्यसहित यो शोरुम सञ्चालनमा ल्याइएको हो । अब उक्त शोरुमबाट पनि निशानको नयाँ लोगो भएको ‘बिग, बोल्ड, ब्युटिफुल’ म्याग्नाइट खरिद गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया