Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयुनाइटेड सिमेन्ट्सलाई नेपालकै सर्वोत्कृष्ट ग्रेड (५३ ग्रेड) को गुणस्तर प्रमाणपत्र

युनाइटेड सिमेन्ट्सलाई नेपालकै सर्वोत्कृष्ट ग्रेड (५३ ग्रेड) को गुणस्तर प्रमाणपत्र


काठमाडौं ।
युनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित ‘युनाइटेड सिमेन्ट्स’ ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । ५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरुमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो ।

यो दर्जा प्राप्त गरेसँगै युनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठूलो फड्को मारेको छ । ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो । नेपालमा मात्र नभई विदेशका ठूला–ठूला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुँदै आएको छ । पारिवारिक घर निर्माणसहित गगनचुम्बी महलदेखि, हाइड्रोपावर ड्याम, टनेल, विशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणमा समेत यो सिमेन्ट ढुक्कसँग प्रयोग गर्न सकिन्छ ।

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुनढुंगा प्रयोग गरी, आफैँ क्लिङ्कर उत्पादन गर्दै आएको यस उद्योगले विगत छ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ । ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेसँगै आफ्ना ग्राहकहरुको गुणस्तरप्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा यस उद्योग ढुक्क छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया