Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवर्ल्डलिंकको ग्राहक संख्या ५ लाख

वर्ल्डलिंकको ग्राहक संख्या ५ लाख


काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको ग्राहक संख्या पाँच लाख पुगेको छ । कम्पनीका अनुसार नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्दछन् । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत ब्यान्डविथ वर्ल्डलिंक एक्लैले प्रयोग गर्छ ।

वर्ल्डलिंकको इन्टरनेट कर्णालीको सबैभन्दा दुर्गम क्षेत्रमा समेत नेपालका ७३ जिल्लामा पुगेको छ । वर्ल्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो । यसै बीचमा वर्ल्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो करदाता पनि बन्न सफल भएको छ । यस कम्पनीले आ.व. २०७६/०७७ मा १०औँ ठूलो भ्याट योगदानकर्ताको सम्मान समेत पाएको थियो । वर्ल्डलिंक आईसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी पनि हो । यसमा करिब चार हजार जनाले रोजगारी पाएका छन् । वर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाइफाइ विस्तार गरेको छ ।

कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको हो । दैनिक एक लाख ५१ हजारभन्दा बढीले निःशुल्क उपलब्ध पब्लिक वाइफाइ प्रयोग गरिरहेका छन् । मन्दिर, अस्पताल, बसपार्क, क्याफे, रेष्टुरेन्टलगायतका मानिस धेरै जम्मा हुने स्थानमा कम्पनीले फ्री वाइफाइ दिइरहेको छ । वर्ल्डलिंक कम्युनिकेसन्समा बेलायती सरकारको संस्था सीडीसी ग्रुपको समेत लगानी रहेको छ । कम्पनीले ग्राहकलाई इन्टरनेट, आईपीटीभी र कर्पोरेट ग्राहकलाई डाटा कनेक्टिभिटी सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया