Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लसको फ्याक्ट्री उद्घाटन

जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लसको फ्याक्ट्री उद्घाटन


काठमाडौं ।
जगदम्बा स्टिल्सका संस्थापक अध्यक्ष शंकरलाल अग्रवालले कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता)को फ्याक्ट्रीको आधिकारिक उद्घाटन गरेका छन् । उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ ।

यस सीआरएम मिलको जटिल डिजाइन, जडान कार्य, कमिसनिङ यसै कम्पनीका भाइस प्रेसिडेन्ट प्रभात मिश्राद्वारा गरिएको हो । उनी ग्याल्भालुम् तथा कलर कोटिङ उत्पादन प्रविधिमा विज्ञ समेत हुन् ।

जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्तापाता भित्र्याउने तीव्र तयारी गरिरहेको थियो । जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने कुरामा कम्पनी विश्वस्त रहेको जनाएको छ ।

विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो । नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युम लाइन प्रविधिबाट उत्पादन हुने जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस अन्य साधारण जस्तापाताको तुलनामा अत्यधिक मजबुत र टिकाउ हुने जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया