Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजिपको नयाँ कम्पास सार्वजनिक

जिपको नयाँ कम्पास सार्वजनिक


काठमाडौं ।
नेपालका लागि जिप एसयूभीको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट सार्वजनिक गरेको छ । नयाँ कम्पासलाई भूषण दाहाल र प्रशान्त ताम्राकारले सोमबार सार्वजनिक गरेका हुन् ।

कम्पनीका अनुसार नयाँ एसयूभी स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडल एस गरी चार ट्रिम र आठ भेरियन्टमा उपलब्ध छ । नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजार रुपैयाँदेखि एक करोड ३६ लाख ९० हजारसम्म तोकिएको कम्पनीले जनाएको छ ।

नयाँ कम्पासमा इन्टिग्रेटेड डीआरएलसहितको रिभाइज्ड हेडलाइट, नयाँ फगलाइट हाउजिङ, ठूलो एअरड्याम भएको नयाँ डिजाइनको फ्रन्ट बम्पर र नयाँ एलोइ ह्विल रहेका छन् । यसमा पहिले झैं जिपको आकर्षक सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विल आर्क पनि रहेको छ । इन्टेरियरमा भने व्यापक परिवर्तन गरिएको छ ।

नयाँ कम्पासमा रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभीएसी कन्ट्रोलनयाँ कम्पासको र बीचमा नयाँ १०.१ इन्चको टचस्क्रिन रहेको छ । त्यसैगरी, यसमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डबल–स्टिच लेदर इन्सर्ट र नयाँ थ्रि स्पोट स्टेरिङ ह्विल रहेको छ ।

नयाँ कम्पासमा एफसीएले निर्माण गरेको पाँचौं पुस्ताको युकनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समेत रहको छ । नयाँ फिचरमा डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर टेलगेट, ३६० डिग्री क्यामेरा, भेन्टिलेसन फिचर सहितको ८ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल फ्रन्ट सिट रहेको छ ।

ग्राहकले ट्रिम र भेरियन्टअनुसार लेदर र फेब्रिक अपहोल्स्ट्रीमा डुअल टोन र फुल ब्ल्याक कम्बिनेसन पाउनेछन् । सुरक्षाका लागि नयाँ कम्पासमा फ्रेक्वेन्सी ड्याम्पिन सस्पेन्सन, छ एअरब्याग, एन्टिरोल मिटिगेसन, ट्रयाक्सन कन्ट्रोल, इएससी, हिल स्टार्ट असिस्ट, इबीडीसहितको एबीएस, रेन ब्रेक असिस्ट, पार्किङ सेन्स र आइसोफिक्स चाइल्ड सिड माउन्ट लगायत ५० भन्दा बढी सुरक्षाको व्यवस्था रहेको छ ।

कम्पनीका अनुसार नयाँ कम्पास अघिल्लो मोडेलझैं दुईवटा पावरट्रेनमा उपलब्ध छ । १.४ लिटरको मल्टिएअर टर्बो इन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । यो छ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ ।

त्यसैगरी, २.० लिटर मल्टिजेट टु इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यो भने छ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । फोर ह्विल ड्राइभ डिजेल भेरियन्टमा उपलब्ध हुनेछ जसमा अटो, स्नो, स्यान्ड र मड गरी चारवटा मोड उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया