Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङका एआई इनेबल्डका लन्ड्री केयर वासिङ मेसिन बजारमा

सामसङका एआई इनेबल्डका लन्ड्री केयर वासिङ मेसिन बजारमा


काठमाडौं ।
इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले पहिलो पटक एआई प्रविधियुक्त वासिङ मेसिन बजारमा ल्याएको छ । एआई प्रविधियुक्त फुल–अटोमेटिक फ्रन्टलोड बासिङ मेसिनमा इकोबबल टीएम प्रविधिको संयोजन गरिएको छ, जसले गर्दा कपडालाई ४५ प्रतिशत थप सुरक्षा प्रदान गर्दछ ।

कम्पनीका अनुसार गुणस्तरीय धुलाइको लागि यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग गरिएको छ, यस प्रविधिले ९९ दशमलव ९९ प्रतिशत ब्याक्टेरिया तथा एलर्जीहरु हटाउन सक्छ । यी नयाँ मोडेलका वासिङ्ग मेसिनले प्रयोगकर्ताहरुको लुगा धुने व्यवहारलाई बुझेर सबैभन्दा भरपर्दो वासिङ्ग साइकलको विकल्प प्रदान गर्दछ । जब सामसङ स्मार्टथिंग्स एपको माध्यमबाट कनेक्टेड भइन्छ, त्यस पछि यसले २.८ मिलियन डाटा वाइन्टहरुमार्फत स्मार्ट लन्ड्री रिसिप सोलुसनको माध्यमबाट उत्कृष्ट विकल्प प्रदान गर्दछ ।

सामसङले कस्टोमाइज गरिएको आर्टिफिसियल इन्टेलिजेन्सयुक्त लुगा धुने मेसिनहरु तीन विभिन्न भेरिएन्टहरुमा उपलब्ध गरेका छन् । यसमा ग्राहकले आफूअनुकूल कस्टोमाइज लन्ड्री प्रोसेस तय गर्नसक्ने कम्पनीको भनाइ छ । नयाँ सामसङ वासिङ्ग मेसिन नयाँ डिजाइनको साथ जग डायल कन्ट्रोलयुक्त युजर फ्रेन्ड्ली स्लिक डिजिटल इन्टरफेसको साथ उपलब्ध रहेको छ । यसमा लन्ड्री प्लानरजस्तो सुविधा राखिएको छ, जसले लुगाको रंग, प्रकार तथा ग्राहकले निर्धारण गरेको डिग्री अफ सोइलिङ्गको आधारमा लन्ड्री रेसिपीअनुसार उत्कृष्ट लुगा धुने समय स्वतः निर्धारण गर्दछ । यसमा भएको होम केयर विजार्डले सम्भाव्य समस्या तथा शीघ्र रुपमा ट्रबल सुटिङ्ग गर्न मद्दत गर्दछ ।

नयाँ एआई इनेबल्ड लन्ड्री वासिङ्ग मेसिनहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारअन्तर्गत रहेका रिटेल पार्टनरहरुमार्फत सहजै खरिद गर्न उपलब्ध रहेका छन् । यी वासिङ्ग मेसिनहरु एक लाख नौ हजार नौ सय ९० रुपैयाँदेखि उपलब्ध रहेका छन् । यस नयाँ एआई इनेबल्ड वासिङ्ग मेसिनहरु ८/६ केजी र १२/८ केजीको वासर ड्रायरको साथै १२ केजी वासर टाइप वासिङ मेसिनको भेरिएन्टहरुमा उपलब्ध छन् । हिम इलेक्ट्रोनिक्सअन्तर्गत रहेका सामसङ स्मार्ट प्लाजामार्पmत १५ प्रतिशतसम्मको क्यासब्याक तथा सहज किस्ताबन्दीमा खरिद गर्न पनि सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया