Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवा मनि ट्रान्सफर र युकेको सिफ्ट सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इ–सेवा मनि ट्रान्सफर र युकेको सिफ्ट सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता


काठमाडौं ।
पछिल्ला दिनमा व्यापक रूपले रेमिट्यान्स बजार विस्तार गरिरहको इ–सेवा मनि ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशहरूबाट सहजै रेमिट्यान्स पठाउन सकिन्छ ।

विदेशमा रहेका नेपालीहरूले सिफ्टमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इ–सेवा वालेटमा आफ्नो स्मार्टफोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् । नेपालीहरुले सिफ्टमार्फत पठाएको रकम इ–सेवा मनि ट्रान्सफरका नेपालभर रहेका आठ हजारभन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिनेछ । साथै सिधै इ–सेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।

सिफ्ट युकेमा अवस्थित अन्तर्राष्ट्रिय विप्रेषण सेवा प्रदायक कम्पनी हो, जसले विश्वभर सजिलो, सुरक्षित र किफायती तरिकाबाट रेमिट्यान्स सेवा दिँदै आएको छ । सिफ्टले समय र दूरीको अवरोधलाई पार गराई द्रुत रेमिट्यान्स सेवामार्फत विश्वभरका मानिसहरूको आवश्यकता पूरा गर्दै आएको छ ।

सिफ्टसँग छ महाद्वीपका दुई लाख ५० हजारभन्दा बढी स्थानहरूमा नेटवर्क सञ्जाल छ । एसिया, युरोप, अफ्रिका, अष्ट्रेलिया, दक्षिण र उत्तर अमेरिकालगायतका विश्वका धेरै बैंक र एक्सचेञ्ज कार्यालयहरूबाट विप्रेषण पठाउने र भुक्तानीको सेवा दिँदै आएको छ । इ–सेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इ–सेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया