Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टरको कार्यकक्षमा तालाबन्दी

जानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टरको कार्यकक्षमा तालाबन्दी


जनकपुरधाम, माघ ७

जनकपुरधामस्थित जानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टरको कार्यकक्ष र प्रशासन फाँटमा जानकी आँखा अस्पताल सुधार संघर्ष समितिका पदाधिकारीहरुले तालाबन्दी गरेका छन् । अस्पताल विधानसंगत रुपले सञ्चालन हुनुपर्ने माग गर्दै संघर्ष समितिका अध्यक्ष श्यामसुन्दर झाको नेतृत्वमा पुगेका पदाधिकारीहरुले मेडिकल डाइरेक्टर डा. हेमशंकर झाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । अस्पतालको अवस्था सुधारका लागि भन्दै यसअघि आन्दोलनरत संघर्ष समितिका पदाधिकारीहरु गत पुस १४ गतेदेखि अस्पतालको गेटअगाडि धर्नामा बसेर विरोधस्वरुप पसल समेत बन्द गरेका थिए ।

उनीहरुले जानकी आँखा अस्पतालको विधानअनुसार मेडिकल डाइरेक्टर नियुक्त हुनुपर्ने, आपत्कालीन समयबाहेक अस्पताल सञ्चालनको नियमित समयमा अस्पतालको मेनगेट खुल्ला रहनुपर्ने, अस्पतालको नियमानुसार ननप्राक्टिस पूर्णरुपमा लागू हुनुपर्ने, रिक्त स्थानको पदपूर्ति गर्दा सार्वजनिक सूचना प्रकाशन गरी प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने, अस्पतालको सामान बाहिरबाट खरिद गर्दा नेपाल सरकारको प्रचलित कानुनअनुसार गर्नुपर्ने लगायतका ८ बुँदे माग राखेका थिए ।

साथै अस्पताल हाताभित्र सहजै देखिने गरी नागरिक बडापत्र राख्नुपर्ने, तत्कालीन संघर्ष समिति र जानकी आँखा अस्पतालको व्यवस्थापन समिति गठन हुनुपर्ने, चेकजाँच गर्ने क्रममा औषधि र चश्माको लागि कोठा नम्बर किटान गरी सेवाग्राहीलाई वर्ग लाउने कार्य मौलिक अधिकारविपरीत भएकोले अविलम्ब उक्त कार्य बन्द गरी आँखा जँचाउन आएका बिरामीले स्वतन्त्र रुपले चश्मा र औषधि खरिद गर्न पाउनुपर्नेलगायतका माग राखेर अस्पताल सुधार संघर्ष समिति विगत पुस महिनादेखि नै आन्दोलित छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया