Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगधनुषामा निःशुल्क स्वास्थ्यशिविर

धनुषामा निःशुल्क स्वास्थ्यशिविर


जनकपुरधाम, माघ ७
प्रदेश प्रहरी श्रीमती संघ प्रदेश नं. २ को आयोजनामा सोमबार धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपहीमा निःशुल्क बृहत् स्वास्थ्यशिविर सम्पन्न भएको छ । सपहीस्थित बीपी कोइराला माविमा भएको सुरु शिविरको उद्घाटन प्रदेश प्रहरी श्रीमती संघ प्रदेश नं. २ का अध्यक्ष शुषमा थापा कार्कीले गरिन् । शिविर उद्घाटनपछि बोल्दै अध्यक्ष कार्कीले शिविरको मुख्य उद्देश्य औषधि उपचारका सम्बन्धमा जानकारी नभएका विपन्न समुदायलाई निःशुल्क उपचार गरी उनिहरुलाई थप उपचार गराउन प्रेरित गर्ने तथा बालबालिकालाई सरसफाइप्रति जागरुक गराउने रहेको बताइन् । एक महिना पहिले मात्र स्थापना भएको प्रदेश श्रीमती संघले अगामी दिनमा समेत सामाजिक क्षेत्रमा काम गर्ने उनको भनाइ छ ।

दिनभर सञ्चालनमा रहने उक्त शिविरमा स्थानीय विपन्न समुदायका महिला पुरुष तथा वृद्धवृद्धाहरुले स्वास्थ्य परिक्षण गराइरहेका छन् । स्वास्थ्य परीक्षणमा सहभागी भएकाहरुलाई थप उपचारको आवश्यकता परे जनकपुरधामको जानकी मेडिकल कलेजले ५० प्रतिशत छुटमा उपचार गर्ने तथा लहानको आखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने संघका सचिव रञ्जना वाग्लेले बताइन् । उनले यो शिविरबाट विपन्न तथा सीमान्तकृत समुदायले सामान्य औषधिको आभावमा रोग बढ्न नसकून् भन्ने उद्देश्यले शिविर सञ्चालन भएको उनले बताए । उक्त शिविरमा प्रहरी संगठनका प्रदेशस्तर तथा जिल्लास्तरका अधिकारीहरु, चिकित्सक, स्थानीयवासीलगायतका उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया