Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगतीन नयाँ मोडेलका गाडीका साथ ग्रेटवाल मोटर्स नेपाली बजारमा

तीन नयाँ मोडेलका गाडीका साथ ग्रेटवाल मोटर्स नेपाली बजारमा


काठमाडौं । ग्रेटवाल मोटर्स (जीडब्लुएम) नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ । विशाल ग्रुपको सहायक संस्था भीजी इम्पेक्स प्रालि नेपालमा ग्रेटवाल मोटर्सका लागि आधिकारिक बिक्रेता हो । भीजी इम्पेक्सले ग्रेटवाल मोटर्ससँग सहकार्य गर्दै अहिले दुईवटा एसयूभी र एक पिक–अप मोडेल बजारमा ल्याएको छ । यी तीनैवटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहने कम्पनीको दाबी छ । कम्पनीले थर्ड जेनेरेसन हाभल एच६, हाभल जोलिअन र पिओर पिक–अप नेपालमा सार्वजनिक गरेको हो ।

थर्ड जेनेरेसन हाभल एच६ : कम्पनीका अनुसार यो गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । यसको २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५० किलोवाट शक्ति र ३२० एनएम टोर्क डिसप्लेसमेन्टले अर्कै खाले अनुभुति प्रदान गर्दछ । यसको हाइयर ग्राउन्ड क्लियरेन्सले नेपालकोे खाल्डाखुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्ने कम्पनीको दाबी छ । ७२ प्रतिशत उच्च गुणस्तरको स्टिलले बनेको यो गाडीको बनावटले, यस गाडीलाई अर्कैखाले स्थिरता र मजबुती प्रदान गर्दछ ।

यसको बाहिरी र भित्री सुन्दरता पनि उत्तिकै राम्रो छ । पानारोमिक सनरुफ, अटोमेटिक वाइपर, मल्टिफंक्सनल स्टेरिङ, आठ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, ताररहित चार्जिङले गाडीलाई नयाँ स्वरुप दिन्छ । साथै आठवटा एअर ब्याग, ३६० डिग्री हेर्न मिल्ने क्यामेरा, एचएचसी (हिल होल्ड कन्ट्रोल) एबीएस प्लस ईबीडी सुविधा र एन्टी–कोलिजन संयन्त्र एससीएम (सेकेन्ड कोलिजन संयन्त्र) र एपसीएम (फर्वार्ड कोलिजन संयन्त्र) ले दुर्घटनाको सम्भावनालाई घटाउँछ ।

इन बिल्ट इन्टेलिजेन्ट मोबिलिटीले अधिकतम स्पिडमा एलटु स्तरको अटोमेटिक एसीसी ड्राइभको आनन्द पनि दिने कम्पनीको भनाइ छ । यसको ट्राफिक सिग्नल चिन्ने र लेनमा रहिरहने व्यवस्थाले गाडी गुडाउने चालकलाई सुरक्षा र गाडीमाथि आफ्नो पूर्ण नियन्त्रणमा भएको अनुभूति दिनेछ । गाडीको भित्री बनावट, लेदर सिट एवं बढी लेग स्पेसले आफू एउटा शानदार सवारीमा छु भन्ने अनुभूति गराउँछ । कम्पनीको अनुसार यसको प्रारम्भिक मूल्य ९६ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ छ । यो गाडी तीनवटा रंगहरु हेमिल्टन ह्वाइट, अयेर्स ग्रे र एटलान्टिस ब्लुमा नेपालमा उपलब्ध हुनेछन् ।

हाभल जोलिअन : यो मोडेल पनि तीनवटा संस्करणमा रहेको छ । १.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० किलोवाट शक्ति र २२० एन.एम टोर्क डिस्प्लेसमेन्टले अधिकतम आउटपुट दिन्छ । बढी ग्राउण्ड क्लियरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई अर्कै स्तरमा पु-याउने कम्पनीको दाबी छ । चार किसिमको ड्राइभ मोड, इलेक्ट्रिक पार्किङ्ग ब्रेकिङ्ग र ७३ प्रतिशत उच्च गुणस्तरको स्टिलले बनेको यो गाडीको बनावटले यसलाई अर्कैखाले स्थिरता, मजबुती र सुरक्षा प्रदान गर्दछ । यसबाहेक यो गाडीले पानोरामिक सनरुफ, अटोमेटिक वाइपर, मल्टिफंक्सनल स्टेरिङ र पैडल शिफ्टर, छ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठवटा एअरब्याग, नपा लेदर सिटले सुरक्षा र विलासिताको एउटा उदाहरण हो ।

यसबाहेक एबीएस, एचएचसी/एचडीसी (हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल), ड्राइभर ड्रावजीनेस डिटेक्सन र इभेन्ट डाटा रेकर्डर र एन्टी–कोलिजन संयन्त्र एससीएम (सेकेन्ड कोलिजन संयन्त्र)ले समयानुसार कन्ट्रोल गरेर जोखिम न्यूनीकरण गर्दछ । टच स्क्रिन, अगाडि एलईडी लाइटिङ्ग र पछाडि फोग लाइट आदिले गाडी चलाउने अनुभवलाई उत्कृष्ट बनाउँछ । यो गाडी पाँचवटा रंगहरु ब्लु, ब्लैक, गे्र, हेमिल्टन ह्वाइट र मार्स रेडमा उपलब्ध रहेको छ । साथै यसको प्रारम्भिक मूल्य ५५ लाख ४९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

पिओर पिक–अप : कम्पनीका अनुसार यो मोडेल दुईवटा संस्करण एलिट र पाइलटमा बजारमा उपलब्ध हुनेछ । २.० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिन्छ । यसको १२० किलोवाट शक्ति र ४०० एन.एम टोर्क डिस्प्लेसमेन्टले अर्कै खाले अनुभूति प्रदान गर्दछ । बढी ग्राउण्ड क्लियरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभूति प्रदान गर्ने कम्पनीको दाबी छ । ८४ प्रतिशत उच्च गुणस्तरको स्टिलको बडीले गाडीलाई अधिक भारवहन क्षमता, स्थिरता र मजबुती प्रदान गर्दछ । सनरुफ पनि पिक–अप गाडीमा पहिलोपटक यसमा रहनेछ । यसमा साँचोरहित स्टार्ट गर्ने नयाँ सुविधा पनि पहिलो हो ।

छ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठवटा एअर ब्याग, नपा लेदर सिटले सुरक्षा र विलासिताको एउटा उदाहरण हो । यस अतिरिक्त एबीएस, एचएचसी/एचडीसी (हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल), भेहिकल स्टेबिलिटी कन्ट्रोलले गाडीलाई अधिक स्थिरता प्रदान गर्दछ । यसमा भएको स्पिड वार्निङ सिस्टमले गति माथि नियन्त्रण गर्न मद्दत गर्छ । नौ इन्चको टच स्क्रिन र एन्ड्रोइड सपोर्टले राम्रो अनुभव दिनेछ । अगाडि एलईडी लाइटिङ र पछाडि फोग लाइट आदिले गाडी चलाउने अनुभवलाई रमाइलो बनाउने कम्पनीको दाबी छ । यस गाडीको प्रारम्भिक मूल्य ६४ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया