Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोलाको नयाँ ट्यागलाइन ‘घरमा साथ कोकसँग खास’

कोका–कोलाको नयाँ ट्यागलाइन ‘घरमा साथ कोकसँग खास’


काठमाडौं । कोका–कोला नेपाललो आफ्नो नयाँ ट्यागलाइन ‘घरमा साथ कोकसँग खास’ सार्वजनिक गरेको छ । नयाँ ट्यागलाइनका साथ यस अभियानले ‘टुगेदर टेस्ट बेटर’ भन्ने सन्देश प्रदान गरेको छ ।

कोका–कोलाको नयाँ टीभीसीमा भावनाहरु झल्किएको देखिन्छ, जसमा घरमा पकाएको खानाको साथ रिफ्रेसिङ कोकको स्वादसँग मज्जा लिएको देख्न पाइन्छ । यसले घरमा पकाएको खाना, स्वाद र एकता कोकको साथ अझ बढी विशेष हुन्छ भन्ने कुरा दर्शाएको छ । यो विज्ञापनमा विभिन्न नेपाली खानाहरु देख्न सकिन्छ, जसमा तीन परिवार र साथीहरूको समूहले विभिन्न परिकारहरुको खाना पकाएर कोकसँगै रमाइलो गरिरहेका छन् ।

टीभीसीमा ‘जुन दिन संसार बन्द भयो त्यो दिन हामीले कहाँ जाने थाहा पायौँ’ भन्ने देखाइएको छ, जसमा लकडाउनलाई उल्लेख गर्दै हाम्रो कार्यमा फेरि अघि बढ्नुपर्छ भन्ने सन्देश प्रदान गरेको छ । कम्पनीका अनुसार टीभीसी कोका–कोलाको विश्वव्यापी अभियान ‘टुगेदर टेस्ट बेटर’ र नेपालको स्थानीयकृत ‘कोक एण्ड मिल्स’को विस्तार हो जसमा देशको संस्कृति, खाना र जनताको प्रतिविम्ब झल्किएको छ । घरको खानामा रमाउन, कोका–कोलाले अब एक लिटर कोकको बोतल मात्र एक सय रुपैयाँमा उपलब्ध गराउने भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया