Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालकै ठूलो पबजी प्रतियोगिता

नेपालकै ठूलो पबजी प्रतियोगिता


काठमाडौं । एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । जीजीसीओद्वारा टीभीएस एनटीओआरक्यूएस सुपर स्क्वाड इडिसनको सहकार्यमा उक्त इस्पोटर्स प्रतियोगिता भएको थियो । २० दिनको अवधिमा दर्ता गरिएका देशभरका छ सय ६० भन्दा बढी टोलीले प्रतियोगितामा टीभीएस एनटर्क स्कुटरको भव्य पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए ।

यो प्रतियोगिता जगदम्बा मोटर्स–टीभीएसले नेपाली गेमिङ समुदायलाई सहयोग पु-याउन आरम्भ गरेको हो । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘यो एउटा कर्पोरेट कम्पनीले नेपालको इस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्नको लागि उठाएको ठूलो कदम हो र उनीहरूलाई कर्पोरेटजगतमा प्रतिभा प्रदर्शन गर्न यसले ठूलो सहयोग पु-याएको छ ।’ यो प्रतियोगिता जुन १ मा सुरू भई जुलाई १६ मा समाप्त भएको हो । फाइनलमा ४८ टिमहरू (प्रत्येक समूहमा १६ जना) सामेल थिए । टोलीहरूलाई तीन समूहमा विभाजन गरिएको थियो ।

कार्यक्रमको ढाँचा क्वालिफायर, क्वार्टर–फाइनल, सेमी फाइनल र फाइनल गरी मिलाइएको थियो । जुन सबै अनलाइन टुर्नामेन्टहरू थिए । टोलीहरू फरक सीप स्तरका थिए र तीन भाग्यशाली विजेताले टीभीएस एनटीओआरक्यूएस सुपर स्क्वाड मार्वल थिम्स एडिसन स्कूटरको तीन सिरिजहरू जित्न सफल भए । इन्भेनसिबल रेड टिमको विजेता प्ले विथ परपोड, कम्बड ब्लु टिमको विजेता डेडजेज गाइज र स्टिल्थ ब्ल्याक टिमको विजेता डा. रियल सोलाडिरिज क्रमशः जित्न सफल भए । प्रतिस्पर्धा ४५ दिनको अवधिमा सम्पन्न भएको थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया