ओप्पोले कलाकारको भिडियो कथा ल्याउने
काठमाण्डौँ,माघ ८
ओप्पोले कलाको मूलभूत अर्थ र कलाकारका कथा उजागर गर्ने सोचका साथ विश्वभरका ६ लोकप्रिय कलाकारका साथमा तिनको कथा भिडियोमार्फत साभार गर्ने प्रयास गरेको छ । जेकब कोलियर, पेल्ला, जेस्सि ली, इयान वायल्डर, रुक फ्लोरो र मेट टोवली गरी छ जना कलाकारलाई ‘टू क्रिएट इज टू लिभ’ अवधारणामाथि तिनका पृथक् दृष्टिकोण प्रस्तुत गर्न लगाइएको थियो ।जेकब कोलियर उत्तरी इंग्ल्याण्डका बहुआयामी संगीतकार हुन् । उनी कम्पोजर, एरेन्जर, गायक तथा बहुवाद्यवादन विशेषज्ञ पनि हुन् । उनको सांगीतिक यात्राको उडान सन् २०१२मा आफ्नो पहिलो स्प्लिट–स्क्रिन युट्यूब भिडियो, लोकप्रिय गीतको कभर भाइरल भएसँगै सुरुवात भएको हो । यसपश्चात् जेकबले तीन एल्बम सार्वजनिक गरी सकेका छन् भने विभिन्न अवार्डहरु जित्नुका साथै वल्र्ड टूर पनि गरिसकेका छन् । सन् २०१३ मा नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमार्फत स्नातक गरेकी पेल्ला उदयिमान भारतीय फेसन डिजाइन हुन् । स्नातकलगत्तै उनले आफ्नो फेसन र कपडा डिजाइन ज्ञानको उपयोग गर्दै पेल्ला स्थापना गरिन् । उनको कलाकारितामा उनले भारतीय संस्कृतिका सूक्ष्म र विशेषताहरुका प्रस्तुतीकरणले उनलाई विशेष लोकप्रियता प्रदान गरेको छ । पेल्लाका अनुसार उनका डिजाइनले पहिरिने मानिसको आकार लिँदै तिनको चरित्रलाई थप प्रष्ट्याउन सघाउँछ । उनले आफ्ना रचनामा पूर्ण समर्पित हुँदै, आफ्नै अन्तरात्माको अंश रचनामा समाहित गराउने बताउँछिन् । जेस्सी ली कुनमिङ चीनकी कलाकार हुन् । उनले आफ्नो कलाकारिता विभिन्न चलचित्र र शोमार्फत प्रस्तुत गर्दै धेरै बेष्ट एक्ट्रेस अवार्डहरु पनि जितिसकेकी छिन् । उनी विभिन्न पृथक् चारित्रिक चित्रण मार्फत आफ्नो अभिनय प्रस्तुत गर्न खोजिरहन्छिन् । क्यामेराका अगाडि व्यतित हरेक पलले तपाईँ विश्वलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा प्रस्तुत गर्ने कुरामा उनी विश्वास गर्छिन् ।
हरेक कुराको सुरुवात प्रश्नबाट हुने कुरामा विश्वास गर्ने इयान वेइल्डर, स्पेनका भिज्यूअल आर्टिूट तथा स्केटबोर्डर हुन् । कला सिर्जनका लागि आफूले के जानेको छु भन्ने कुरा भूलेर सम्भावना नियाल्नुपर्ने कुरामा उनी जोड दिन्छन् । स्वतन्त्र भई निश्चित वृत्तभन्दा माथि उठेर काम गर्न सक्नु सिर्जनशील सफलताका लागि अपरिहार्य छ भन्ने कुरामा उनी विश्वास गर्छन् । उनका लागि समग्र सन्तुष्टि प्राप्त गर्ने प्रक्रियाका रुपमा कलाकारिता रहेको छ । बैंकक, थाइल्याण्डका रुक फ्लोरो भिज्यूअल आर्ट निर्माण गर्छन् र विज्ञापन उद्योगमा आर्ट डिरेक्टरका रुपमा कार्यरत छन् । उनका अनुसार उनको स्मारणमा रहे देखिनै स्वभाविकरुपमै उनी चित्र कोर्दै आफूलाई भिज्यूअल्ली प्रस्तुत गर्ने गर्थे । कलाकारिता प्राकृतिक रुपमै आफूमा निहित रहेको र यसै मार्फत आफूलाई सहजरुपमा प्रस्फुतन गर्न सक्ने भएकाले उनले यसैलाई करियरका रुपमा अघि बढाउने निर्णय गरेको बताउँछन् । हरेक दिन उनलाई आफू नयाँ मान्छे भएको अनुभव हुने उनी बताउँछन् । आफ्नो बहु आयामिक चरित्रलाई प्रस्तुत गर्ने एक सटिक माध्यमका रुपमा उनी भिज्यूअल आर्टलाई लिन्छन् । मिनेसोटाका मेट टोवली एक अमेरिकी कलाकार तथा डान्सरले सटिकरुपमा क्रिएटिभ भिजनको सार प्रस्तुत गरेका छन् । उनी कुनै परिभाषा वा पूर्व कल्पित सिमिततामा आफूलाई नबाँध्न अनुरोध गर्छन् । हरेक सिमाना तथा सिमितता नाघेर आफूलाई खुल्ला रुपमा प्रस्फुटन गराउन उनी प्रेरित गर्छन् ।
‘सिर्जनशीलता स्वतन्त्रता हो, सिमाना नाघ्न सघाउने औजार हो । यो स्वतन्त्र अभिब्यक्तिका लागि एक सटिक माध्यम हो जसले आफूलाई आफूसंग नजिक ल्याउन तथा तपाईँ विश्वका लागि के सम्म बन्न सक्नुहुन्छ भन्ने सम्भावना पहिल्याउने कार्यमा सघाउँछ”, उनी भन्छन्, “यसका लागि तपाईँ आफू अनुकुल नृत्य, अभिनय, गायन, पेन्टिङ, रनिङ, एक असल आमा, बुवा वा साथी बन्ने लगायत कुनैपनि माध्यमको छनोट गर्न सक्नुहुन्छ । आफूले राम्रो गर्न सक्ने क्षेत्रमा राम्रो गर्दै राम्रो बन्न सक्नुहुन्छ भने तपाई एक सफल कलाकार हुनुहुन्छ ।”
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया