रिचार्जरको बिग सेलमा २२ हजार माग
काठमाण्डौँ,माघ ८
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जनवरी २० सोमबारका दिन मोबाइल एप रिचार्जरमा सञ्चालित बिगसेल २०२० सफल भएको रिचार्जरले जनाएको छ । पहिलो पटक रिचार्जरले सञ्चालन गरेको बिगसेलका अफरलाई जनवरी महिनाभर निरन्तरता दिइने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । ग्लाइडरका अनुसार बिगसेलमा २२ हजारभन्दा धेरै अर्डर प्लेस भएका छन् । रिचार्जरको इतिहासमा पहिलो पटक आयोजना भएको बिगसेलले इतिहास बनाएको भन्दै ग्लाइडरले आम सेवाग्राही तथा रिचार्जरका प्रयोगकर्तालाई धन्यवाद दिए । बिग सेलका दिन सञ्चालन गरिएका अफरमा अरु धेरै अफरहरु थप गर्दै सेवाग्राहीलाई सस्तोमा वस्तु तथा सेवा थप गर्दै लैजाने बताए । सेवाग्राहीको अधिक चासोका कारण बिगसेलका दिन रिचार्जरको मोबाइल एपमा अधिक हिट आउँदा केही समस्या आएको बताएका ग्लाइडरले केही समयमा नै समस्या समाधान भएको बताए ।
बिगसेलमा देखिएको समस्याबाट आगामी दिनका लागि पाठ सिक्ने अवसर मिलेको भन्दै उनले आगामी दिनमा सेवालाई चुस्त बनाउँदै लैजानेमा विश्वस्त हुन प्रयोगकर्तालाई आग्रह गरे । भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरले बिगसेलमा नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराएको थियो । उक्त अवधिमा मेगा डिल अन्तरगत ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनि पाउन सकिन्छ । यसै गरी हरेक खरिदकर्ताहरुलाई गोलाप्रथाबाट विभिन्न किसिमका उपहारहरु समेत प्रदान गरिनेछ । विश्वभर रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जरमा सहभागिता जनाउन सक्ने छन् । भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीन वटा नयाँ प्रोडक्ट तथा सर्भिस पनि सुरु गर्दैछ । जसमा डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा एक्साइटिङ अफरहरु उपलब्ध हुनेछन् । जसमा २४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया