हुन्डाई कोना इलेक्ट्रिकले कायम ग¥यो गिनिज विश्व कीर्तिमान
काठमाण्डौँ,माघ ८
इलेक्ट्रिक एसयूभी कोनाले गिनिज विश्व कीर्तिमानको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । हुन्डाई कोना इलेक्ट्रिक पहिलो इलेक्ट्रिक एसयूभी हो । यसलाई ५ हजार ७ सय ३१ मिटरको उचाइमा टिबेटको साउला पाससम्म चलाइएको थियो । यो चढाइपश्चात् कोनाले ५ हजार ७ सय १५ दशमलव २८ मिटर उचाइको अन्य इलेक्ट्रिक कारको पछिल्लो रकर्ड सजिलै तोडेको थियो ।कम्पनीका अनुसार हुन्डाई कोना इलेक्ट्रिकले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्नु हुन्डाईसँग सम्बन्धित हरेक व्यक्तिको लागि गर्वको पल हो र यो ज्यादै उल्लेखनीय उपलब्धि हो । कोना इलेक्ट्रिकले इलेक्ट्रिक भेहिकलसम्बन्धी विभिन्न भ्रमहरुलाई तोडेर इलेक्ट्रिक क्रान्ति ल्याउन सफल भएको छ ।
इमिसन इम्पोसिबल मिसनअन्तर्गत, कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्पmर्मेन्स गर्दा कुनै सम्झौता नगरी आफ्नो क्षमतालाई प्रमाणित गरेको कम्पनीको दाबी छ । यस अभियानमा कोना इलेक्ट्रिकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा एउटा सच्चा एसयुभी सरह प्रदर्शन गरेको थियो । कोना इलेक्ट्रिकमा रहेको इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले जस्तो सुकै बाटोको अवस्थामा पनि गाडी स्टेबल रहने कुरा पुष्टि गरेको छ । यस अभियानको दौरानभरि नै कोना इलेक्ट्रिकलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएको थियो । कारलाई कार किन्दा प्रदान गरिने स्ट्याण्डर्ड पोर्टेबल चार्जरले रातभरि चार्ज गरिएको थियो । शिखरमा चढाउँदा पनि यसको पर्पmर्मेन्समा कुनै समस्या देखा परेको थिएन ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया