Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयामाहा सलुटोको खरिदमा ३२ इन्चको भिडियोकन टिभी

यामाहा सलुटोको खरिदमा ३२ इन्चको भिडियोकन टिभी


काठमाण्डौँ,माघ ८

विवाहको मौसमलाई लक्षित गरी नेपालका लागि यामाहा टु–ह्विलर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले यामाहा सलुटोका ग्राहकहरुका लागि आकर्षक योजना अघि सारेको छ । यामाहा प्याटेन्टेन १२५ सीसीको ब्लुकोर इन्जिनजडित यामाहा स्यालुटो उच्च कोटीको पर्फर्मेन्स, उत्कृष्ट माइलेज र विश्वसनीयताका कारण ग्राहकमाझ लोकप्रिय छ । यामाहा सलुटोको नारा ‘माइलेज तिमीलाई सलाम’ रहेको छ ।

‘दाम्पत्य जीवनको सुरुवात, यामाहा स्यालुटोको साथ’ शीर्षक राखिएको यस योजनाले विवाहको मौसममा नवविवाहित दम्पतीहरु र भर्खरै सम्बन्धमा जोडिएको परिवारहरुमाझ थप खुसी र हर्ष ल्याउने अपेक्षा एमएडब्लु इन्टरप्राइजेजले लिएको छ । यो योजनाअन्तर्गत यामाहा सलुटो र यामाहा एसजेड आरआर भी२.० को खरिद गर्ने ग्राहकले भिडियोकनको ३२ इन्च एलईडी टिभी पाउनेछन् । यो योजना माघ ५ गतेदेखि नेपालभर रहेका सबै यामाहा डिलरहरुमा लागू गरिएको कम्पनीले जनाएको छ । (आर्थिक दैनिक बाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया