Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिन्द्रा मनसुन सर्भिस क्याम्प

महिन्द्रा मनसुन सर्भिस क्याम्प


काठमाडौं । महिन्द्रा फोर ह्विलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।

कम्पनीले यही बिहीबार र शुक्रबार देशव्यापी रुपमा क्याम्प आयोजना गर्नलागेको जनाएको छ । महिन्द्राका सम्पूर्ण फोरह्विलर गाडीहरुको ३०–पोइन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सकिनेछ । सर्भिस क्याम्पमा गाडीको ३०–पोइन्ट चेकअपमार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ ।

क्याम्पमा सहभागी भई फाइदा लिन ग्राहकहरुले चाँडै महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा बुकिङ्ग गर्नुपर्नेछ । साथै, ग्राहकहरुले बुकिङ्गको लागि दिइएका टोल फ्रि नम्बरहरु – १६६००१००२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा पनि सम्पर्क गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया