Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग१.२ शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनसहितको नयाँ फोर्ड फिगो सार्वजनिक

१.२ शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनसहितको नयाँ फोर्ड फिगो सार्वजनिक


काठमाडौं । फोर्ड नेपालले ६ स्पिड अटोमेटिक गियरबक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ ।

ग्राहकको छनोटलाई मुख्य प्राथमिकतामा राखेर उपयुक्त मूल्यमा उत्कृष्ट प्रदर्शनीसहितको उत्पादन बिक्री गर्दै आएको फोर्ड नेपालले फिगो शृंखलाका फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको हो । जसमा फोर्ड फिगो टाइटेनियमको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ र टाइटेनियम प्लसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नयाँ भेरियन्ट ६ स्पिड, टर्क संपरिवर्तकसहितको अटोमेटिक ट्रान्सिमिसनको ह्याचब्याक सेग्मेन्टको फिगो गाडीका नयाँ उन्नत संस्करण हुन् । जसलाई १.२ लिटर शक्तिशाली पेट्रोल इन्जिन जसले ९६ पीएस पावर र ११९ एनएमसम्म टर्क उत्सर्जन गर्न सक्दछ, उक्त बीएस ६ सँग जोडिएको छ । २०२१ को संस्करणको फिगो पेट्रोल अटोमेटिक इन्जिनका साथ टाइटेनियम र टाइटेनियम प्लस भेरियन्टमा उपलब्ध छ ।

टाइटेनियममा १५ इन्च आल्मुनियम र म्याग्नेसियमले भरिभराउ चक्का, उचाइ सन्तुलन चालक सिट र पछिल्लो लहरमा बस्नेका लागि हेडसेट, ७.० इन्च टचस्क्रिन सूचना प्रणाली पहिचानकर्ता, म्यानुअल एसी, ह्विल माउन्टेड नियन्त्रक स्टेरिङ, डबल एयरब्याग, स्वचालित बाहिरी साइड मिटर र ईएसपी लगायत विशेषता रहेका छन् ।

यीबाहेक टाइटेनियम प्लसमा भने थप विशेषताका रुपमा साइड कर्टेन एयरब्याग, अटोमेटिक एसी, अटो हेडलाइट र वाइपर, इलेक्ट्रोक्रोमिक आइआरभीएम, शक्ति तहको मिरर, फ्रन्ट फग ल्याम्प्स र पछाडि वासर एवं वाइपर र डिफोगर रहेका छन् ।

कम्पनीको अनुसार नयाँ फिगो डाइमन ह्वाइट, रुबी रेड, मूनडस्ट सिल्भर स्मोकी ग्रे तथा ह्वाइट गोल्ड कलरहरूमा उपलब्ध छ । उन्नत संस्करणमा फोर्ड फिगो मारुती सुजुकी, ह्युन्डाइ ग्राण्ड आई १० एनआईओएस, हुन्डाई आई २० र फक्सवागन पोलो ह्याचब्याकको प्रतिस्पर्धीको रुपमा बजारमा उतारिएको छ ।

फोर्ड फिगो स्वामित्वको मूल्यमा तीन वर्ष वा एक लाख किलोमिटर स्टान्डर्ड वारेन्टी, अन्य प्रतिस्पर्धीको पाँच हजार किलोमिटरको अन्तराल सर्भिस रहनेमा फोर्ड फिगोको १० हजार किलोमिटर लामो अन्तराल सर्भिस रहेको छ ।

नयाँ फिगो अधिक सुरक्षा सुविधा र छ एयरब्याग, ट्र्याक नियन्त्रण प्रणाली (टीसीएस) र हिल प्रक्षेपण सुविधा(एचएलए)का साथ उपलब्ध छ । साथै कम्पनीले नयाँ फोर्ड फिगो ग्राहकको सुविधालाई एकदमै प्राथमिकतामा राखेर १ लाख किलोमिटर, तीन वर्षे वारेन्टी र न्यून मेन्टेनेन्स खर्चका साथ उपलब्ध गराएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया