Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमी फर्च्युन ग्लोबल ५०० मा ३३८औँ स्थानमा उक्लियो

शाओमी फर्च्युन ग्लोबल ५०० मा ३३८औँ स्थानमा उक्लियो


काठमाडौं । शाओमी सन् २०२१ को -यांकिगमा ३३८औँ स्थानमा उक्लिँदै लगातार तेस्रो वर्ष फर्च्युन ग्लोबल ५००को सूचीमा परेको छ । यसले २०२० मा ४२२औँ स्थानको तुलनामा ८४ स्थानको महत्वपूर्ण अग्रता हासिल गरेको छ । यसको २०२१ को -यांकिङले यसलाई इन्टरनेट र रिटेल श्रेणीमा सबैभन्दा छिटो वृद्धि गर्ने कम्पनीको रुपमा स्थापित गरिएको छ ।

शाओमीको आय रिपोर्ट अनुसार शाओमीको कुल राजस्व सन् २०२० मा आरएमबी २४५.९ बिलियन थियोे, जसले शाओमीलाई २०२१ को फर्च्युन ग्लोबल ५००को सूचीमा ३३८औँ स्थानमा उकाल्यो । २०२१ मा शाओमी छिटो वृद्धिको एक बलियो गतिमा रहेको छ । यसले बजारको अपेक्षाहरुलाई पार गर्दै रेभेन्यू र नेट प्रोफिटको मामिलामा विस्फोटक वृद्धि गरेको छ ।

२०२१ को पहिलो त्रैमासिकमा शाओमीको अवधिको लागि कुल राजस्व आरएमबी ७६.९ बिलियन थियो, जसले वर्ष–प्रति वर्ष ५४.७ प्रतिशतको वृद्धिको प्रतिनिधित्व ग-यो भने अवधिको लागि समायोजित नेट प्रोफिट आरएमबी ६.१ बिलियनको थियो, जुन वर्ष प्रतिवर्ष १६३.८ प्रतिशतको वृद्धि थियो । हाई–एण्ड स्मार्टफोनको बजारमा शाओमीको एभर एक्सपान्डिङ फुटहोल्ड एवम् अन्तर्राष्ट्रिय बजारमा छिटो वृद्धि र कम्पनीको नयाँ खुद्रा व्यापारको विकासको लागि यो वृद्धि जिम्मेवार रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार शाओमीको मुख्य टेक्नोलोजीमा रहेको फोकसले यसलाई एक उन्नत प्रयोगकर्ता अनुभव बनाउनको लागि प्रेरक शक्ति प्रदान गरेको छ । शाओमीले मी १० र मी ११ सिरिजको माध्यमबाट हाई–एण्ड बजार क्षेत्रहरुमा आफ्नो पकड बलियो बनाएको छ ।

२०२१ को पहिलो त्रैमासिकमा मुख्य भूमि चीनमा तीन हजार आरएमबी वा माथिको र अन्तर्राष्ट्रिय बजारमा तीन सय युरो र सोभन्दा माथिको मूल्य भएको शाओमी स्मार्टफोनको विश्वव्यापी ढुवानीले ४० लाख नाघेको छ । शाओमीको विश्वव्यापी विस्तारले यसको समग्र वृद्धिलाई पनि प्रेरित गरेको छ । १६ जुलाईमा, शाओमीले क्यानालिसका अनुसार कम्पनीले एप्पललाई पछाडि पार्दै स्मार्टफोन शिपमेन्टको १७ प्रतिशत शेयरको साथमा विश्वव्यापी रुपमा दोस्रो स्थान हासिल गरेको घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा शाओमीले ल्याटिन अमेरिकी बजारमा ३०० प्रतिशत वर्षगत वृद्धि, अफ्रिकामा १५० प्रतिशतभन्दा बढी वृद्धि र पश्चिमी युरोपमा ५० प्रतिशतभन्दा बढी वृद्धि गरेको छ । शाओमी स्मार्टफोनले विश्वको सयभन्दा बढी बजारहरुमा प्रवेश गरिसकेको छ । कमसेकम १२ बजारहरुमा स्मार्टफोनको मार्केट सेयरमा यो नम्बर एक र मार्केट सेयरको मामिलामा युरोपमा दोस्रो -यांकिङमा यो रहेको छ । यो लगातार १५ वटा क्वार्टरको लागि भारतमा नम्बर एक स्थानमा रहन सफल भएको छ ।

नयाँ खुद्राको सन्दर्भमा, शाओमीको भौतिक स्टोरहरुमा २०२० देखि छिटो विस्तारको अनुभव गरिएको छ । मुख्य भूमि चीनमा शाओमीको स्टोरहरुको कुल संख्याले अप्रिल, २०२१ को अन्तसम्ममा ५५ सय पार ग-यो, जबकि अन्तर्राष्ट्रिय बजारमा एक हजारभन्दा बढी शाओमीका स्टोरहरु छन्।

शाओमीको भौतिक खुद्रा नेटवर्क विश्वभरमा छिटो विस्तार हुँदै छ । शाओमीले आरएन्डडी र प्रतिभामा लगानी गर्न जारी राखेको छ, यसको आरएण्डडी टिमको लागि नयाँ रिवार्ड स्ट्रक्चरकोे एक सिरिज सिर्जना गरिरहेको छ । शाओमी स्मार्ट फ्याक्ट्री प्रोजेक्टकोे दोस्रो चरणको सुरूवात हुँदै छ । स्मार्टफोन, एआईओटी, र स्मार्ट म्यानुफ्याक्चरिङ उद्योगको नेतृत्व गर्दा शाओमीले पनि स्मार्ट इलेक्ट्रिक भेहिकल मार्केटमा प्रवेश गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया