Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोले ल्यायो नयाँ पुस्ताको फ्ल्यास चार्जिङ प्रविधि

ओप्पोले ल्यायो नयाँ पुस्ताको फ्ल्यास चार्जिङ प्रविधि


काठमाडौं । ओप्पोले ‘ह्वाट्स नेक्स्ट फर फ्ल्यास चार्जिङ ?’ ओप्पो फ्ल्यास चार्ज ओपन डेको आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत कम्पनीले फास्ट चार्ज प्रविधिअन्तर्गत आफ्ना नौला उपलब्धिहरु तथा फ्ल्यास चार्ज टेक्नोलोजी सोलुसन मातहतका विकासहरु सार्वजनिक गरेको थियो ।

‘ओप्पोको भोक फ्ल्यास चार्ज प्रविधिको विकास, चार्जिङ एडेप्टर, चार्जिङ केबल, पीएमआईसी, ब्याट्रीलगायत कम्पनीद्वारा प्रतिपादित नवप्रवर्तनको उपज हो’, ओप्पो भोक फ्ल्यास चार्ज प्रविधिका चिफ साइन्टिष्ट जेफ च्यांगले भने, ‘उपभोक्ताको छनोट तारवाला होस् वा ताररहित, भोक फ्ल्यास चार्ज प्रविधिले अब विद्युतीय उपकरणहरु चार्ज गर्ने सवालमा कठिन अवस्थामा समेत उपभोक्ताका अधिकतम माग सम्बोधन गर्ने क्षमता राख्छ ।’

फ्ल्यास चार्ज प्रविधिको विकास गर्दा ओप्पोले दक्षता र सुरक्षालाई सधैँ अग्रपंक्तिमा राख्ने गरेको छ । यही अवधारणामा आधारित भई ओप्पोले भोक फ्ल्यास चार्ज प्रविधिलाई अझ सुरक्षित बनाउन फाइभ—फोल्ड सेफ्टी प्रोटेक्सन प्रणालीको प्रतिपादन गरेको हो । त्यसैगरी थप नवप्रवर्तन भित्र्याउन एआई अल्गोरिदम, नयाँ धातु, चार्जिङ आर्किटेक्चर्स लगायत अन्य कारकहरुमाथि समेत अन्वेषणलाई निरन्तरता दिइरहेको छ । न्यून प्रतिबाधा सहितका फ्युज, ग्यालियम नाइट्राइड स्विट्च, इन्टरनल सिरिज बाई—सेल डिजाइन, ब्याट्री सेफ्टी डिटेक्सन चिप, कम्पोजिट करेन्ट कलेक्टरलगायत यसैका केही सटिक नमुनाहरु हुन् ।

ओप्पोले कार्यक्रममार्फत आफ्नो नयाँ स्मार्ट चार्जिङ प्रविधिको पनि अनावरण गरेको थियो । चार्जिङको गतिलाई अधिकतम सुरक्षित रेन्जमा राख्ने कार्यमा सघाउन विशेषरुपमा डिजाइन गरिएको यो प्रविधिले चार्जिङ अवस्थाको बौद्धिक पहिचान गरी चार्जिङ करेन्टको समायोजन गर्छ । यसले अस्वाभाविकरुपमा ब्याट्रीको आयुमा ह्रास आउने प्रक्रियामा न्यूनीकरण ल्याउने कार्यमा सघाउँदै उपभोक्तालाई लामो अवधिसम्म इष्टतम ब्याट्री आयुबाट फाइदा लिन सघाउँछ ।

कम्पनीका अनुसार स्मार्ट चार्जिङ प्रविधिले ब्याट्रीको दीर्घायु, विशेष परिस्थितिमा समेत सुदृढ चार्जिङ गति प्रदान गर्ने, चार्जिङको गति नियन्त्रण गर्दै उपकरणलाई तात्नबाट जोगाउनेलगायत सुविधा प्रदान गर्दै ब्याट्रीको परफरमेन्समा उल्लेखनीय सुधार प्रस्तुत गर्छ । भोक फ्ल्यास चार्जलाई सक्दो सरक्षित र स्मार्ट बनाउनुका साथै ओप्पोले कठिनभन्दा कठिन परिस्थितिमा पनि भोक फ्ल्यास चार्ज प्रविधिले सटिक परफरमेन्स दिन सकोस् भन्ने सोचका साथ आफ्नो अन्वेषणलाई निरन्तरता दिइरहेको जनाएको छ ।

ओप्पोको अल्ट्रा—लो टेम्परेचर चार्जिङ सोलुसनले स्मार्ट अल्गोरिदमको प्रयोग गरी चार्जिङका लागि ब्याट्रीमा हुनुपर्ने इष्टतम चार्जिङ तापमानको एकीन गरी चार्जिङ प्रक्रिया सुरु गर्नु अगाडि ब्याट्रीको तापक्रम बढाउँछ । परीक्षण नतिजाअनुसार मात्र १० सेकेण्डको अन्तरालमा ब्याट्रीले तपामानको समायोजन —२० डिग्री सेन्टिगे्रटबाट १० डिग्री सेन्टिग्रेटसम्म गरेको पाइएको छ । यसले गर्दा ब्याट्रीको चार्जिङ प्रक्रिया साधारणझैँ अवस्थामा गर्न सकिन्छ ।

सन् २०१४ मा भोक फ्ल्यास चार्ज सार्वजनिक गरिएदेखि सुरक्षा, दक्षता र सहजता ओप्पोको ब्याट्री र चार्जिङ प्रविधिअन्तर्गत आरएण्डडीको केन्द्रमा रहन सफल तीन प्रमुख क्षेत्रका रुपमा रहँदै आएको छ । जुन ३०, २०२१ सम्म आइपुग्दा ओप्पोले फास्ट चार्ज प्रविधि सम्बन्धित तीन हजारभन्दा बढी प्याटेन्टका लागि निवेदन दर्ता गराइसकेको छ भने ३० भन्दा बढी उपकरणले भोक फ्ल्यास चार्ज प्रविधि सपोर्ट गर्छ । ओप्पोले यो तीव्र गतिको सहज र सुरक्षित चार्जिङ अनुभवमार्फत आफ्ना विश्वभर रहेका १९५ मिलियन उपभोक्तालाई लाभान्वित तुल्याइरहेको जनाएको छ ।

सन् २०२१ मा ओप्पोले आफ्नो नयाँ परियोजना ‘द फ्ल्यास इनिसिएटिभ’ सार्वजनिक गर्दै आफ्नो स्वामित्वमा रहेको भोक प्रविधि, अटोमोबाइल्स, सार्वजनिक स्थल, विभिन्न उपकरणहरुमा प्रयोग हुने चिप्सहरुका लागि समेत उपलब्ध गराइरहेको छ । इन्टरनेट अफ एक्स्पेरियन्सको यस युगमा ओप्पोको फ्ल्यास चार्ज प्रविधि, प्रयोगकर्तालाई नयाँ पुस्ताको चार्जिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ विकसित हुँदै हरेक परिस्थितिमा उत्कृष्ट कार्यसम्पादनका साथै कुनै पनि उपकरण कुनै पनि अवस्थामा जुनसुकै समयमा चार्ज गर्ने सुविधा उपलब्ध गराउन लागिपरेको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया