Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगधरापमा परेको अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन विशेष पहल गर्न नाडाको आग्रह

धरापमा परेको अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन विशेष पहल गर्न नाडाको आग्रह


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले धरापमा परेको अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन विशेष पहल गर्न सरकारसँग आग्रह गरेको छ । नाडाका उपाध्यक्ष करण चौधरीकोे नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी कोभिड १९ को कारण सरकारले गरेको बन्दाबन्दीको कारण समग्र अटोमोबाइल क्षेत्र नै धरापमा परेकोले विशेष प्याकेज ल्याउन माग गरेको हो ।

भेटमा नाडाका केन्द्रीय सदस्य, सार्वजनिक सवारीसाधन समिति तथा सडक सुरक्षा तथा वातावरण समितिका सभापति राजनबानु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेकोले उनीहरुलाई पनि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउँदै आएजस्तै आर्थिक राहत उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका थिए । साथै उनले वन तथा वातावरण मन्त्रालयले जीप, कार भ्यान र मोटरसाइकलमा यूरो–६/बीएस–५ लागू गर्न लागेको विषय सह्राहनीय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराउन आग्रह गरे ।

प्रतिनिधि मण्डलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल र एसोसिएसन सचिव सुरेन्द्र प्रधान सहभागी थिए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया