‘अब सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय बस’
धन बहादुर जप्रेल
महेन्द्रनगर, माघ ९
संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङले सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय बस सञ्चालन गरिने बताएका छन् । मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा भीमदत्त बसपार्कको उद्घाटन गर्दै मन्त्री नेम्वाङले सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित पार्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताए । सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित पार्नका लागि सरकारले तीनै सरकारसँग समन्वय गरेर संघीय यातायात कानुन ल्याउन तयारी थालेको समेत उनले बताए ।
‘यातायात क्षेत्रमा प्राविधिकरण समेत गठन गछौँ’, मन्त्री नेम्बाङले भने, ‘आम जनतालाई सुरक्षित यात्राको प्रत्याभूति दिलाउँछौँ ।’ उनले निजी क्षेत्रलाई समेत सहभागी गराएर नेपालमा विद्युतीय सार्वजनिक यातायात सञ्चालन गर्नका लागि सरकारले योजना अघि सारेको समेत बताए । भीमदत्तले यातायात क्षेत्रमा देखाएको बाटो अरु स्थानीय तहले समेत अनुशरणमा सुझाव दिएका छन् ।
मन्त्री नेम्वाङले सवारीसाधन चालकका लागि रिफ्रेस सेन्टर खोलिने बताए । मन्त्री नेम्बाङले भीमदत्त बसपार्क नयाँ प्रविधि र सुविधायुक्त बसपार्क निर्माण भएकोले ऐतिहासिक महत्व रहेको चित्रण गरे । कुनै पनि क्षेत्रको विकासका लागि त्यो क्षेत्रको यातायातमा आएको सुविधाबाट सहजै बुझ्न सकिने समेत बताए । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले यातायात क्षेत्रको विकास र सुविधाका लागि भीमदत्त बसपार्क थप व्यवस्थित र सुविधा सम्पन्न बनाइने बताए । महाकाली यातायात बस व्यवसायी प्रालिका अध्यक्ष डम्बर दत्त पन्तले नेपाल भारत सीमा क्षेत्रको स्थानीय तहमा रहेको बसपार्क र यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न अनुरोध गरेका थिए । भीमदत्त नगरपालिकाले एक वर्षअघि सात करोड, ३२ लाख, ५४ हजार ५ सय ९४ रुपैयाँ लागतमा निर्माण गरेको थियो ।
बसपार्कको गुरुयोजनाअन्तर्गत पर्खाल, सुरक्षा पोष्ट, तीनतले कार्यालय भवन, ग्रिन पार्क, घन्टाघर, पेट्रोल पम्प, ट्याक्सी स्टेन्ड, डिजिटल सूचना बोर्ड, ढल निकास, शौचालय, व्यावसायिक कक्ष, टिकट काउन्टर, सौय बत्ती, लकर रुम र गाडी स्टाफका लागि आरामगृह निर्माण गरिएको छ । बसपार्कमा एकैपटक ४०० बस पार्किङ गर्न सकिने इस्टिमेट तयार गरिएको छ । महेन्द्रनगरमा आधुनिक बसपार्क निर्माणसँगै यस क्षेत्रको यातायातमा सुधार आएको यातायात व्यवसायीको भनाइ छ । उक्त बसपार्क निर्माणकार्य सम्पन्न भएको करिब डेढ वर्षपछि मात्रै औपचारिक उद्घाटन भएको हो । उक्त बर्सपार्क गत वर्ष साउनमा नै निर्माण गर्न जिम्मा लिएको निर्माण कम्पनी जोशी निर्माण सेवा प्रालिले निर्माण सम्पन्न गरेको थियो भने गत साउनबाटै सञ्चालनमा आएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
- नेपाल–भारत सीमा समन्वय बैठक
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया