Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजोय हनी एण्ड आलमण्ड विन्टर बिग ब्याङ्गको नतिजा सार्वजनिक

जोय हनी एण्ड आलमण्ड विन्टर बिग ब्याङ्गको नतिजा सार्वजनिक


काठमाडौं, माघ १०
जोयको उत्कृष्ट उत्पादन हनी एण्ड आलमण्ड लोसनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित जोय हनी एण्ड आलमण्ड बिग ब्याङ्ग अफरअन्तर्गत सेल्सबेरी डिपार्टमेन्ट स्टोर सातदोबाटोमा ग्राहकहरुको उपस्थितिमा लक्की ड्रमार्फत विजेता घोषणा गरिएको छ । २९ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०१९ सम्म सञ्चालित कार्यक्रममा सेल्सवेरी डिपार्टमेन्ट स्टोरबाट हरेक तीन सय, चार सय र पाँच सय मिली जोय हनी एण्ड आलमण्ड लोसनको खरिदमा प्राप्त कुपनबाट लक्की ड्र गरी विजेताहरु घोषणा गरिएको थियो । उक्त लक्की ड्र कार्यक्रमबाट प्रथम पुरस्कार ताल्छीखेलका सोम कुमार राई, द्वितीय पुरस्कार महाराजगञ्जका रामकाजी र तृतीय पुरस्कार बानेश्वरका रोजिन प्रधानले २५ हजार रुपैयाँबराबरको स्मार्टफोन प्राप्त गरेका थिए । त्यस्तै १५ जनाले विद्युतीय किल्टी पाएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया