Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवीरगञ्जमा जुत्ताचप्पल व्यापार मेला

वीरगञ्जमा जुत्ताचप्पल व्यापार मेला


वीरगञ्ज, माघ १०
वीरगञ्जमा एक महिना चल्ने प्रदेशस्तरीय जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । बिहीबारदेखि सुरु भएको मेला आगामी फागुन ८ सम्म चल्नेछ । नेपाल र भारतका करिब दुई लाख ग्राहक तथा उपभोक्ताहरुलाई मेलाको भ्रमण अवलोकन गराउने लक्ष्य लिइएको आयोजकले जनाएको छ । मेलाको उद्घाटन गर्दै वीरगञ्ज महानगरपालिकका मेयर विजयकुमार सरावगीले यस्तो मेलाले स्वदेशी उत्पादनको प्रवर्द्धनमा टेवा पु-याउने बताए । सरककारले स्वदेशी उत्पादनलाई विश्वको बजारमा पु-याउन भ्याट निःशुल्क गर्नुपर्ने सुझाव दिए ।

भ्याटको सुविधा दिएपछि स्वदेशी उद्योगले उत्पादन गर्ने उत्पादनको लागत खर्च कम भई विश्व स्तरमा नेपाली ब्रान्ड प्रतिस्पर्धा गर्न सकिने उनको भनाइ थियो । मेलामा एक लाख जोडी जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य राखिएको मेला आयोजक समितिले जनाएको छ । वीरगञ्ज घण्टाघरस्थित मधेशी सहिदपार्कमा लाग्ने मेलामा सातवटा विभिन्न कम्पनीको एक हजारभन्दा बढी ब्रान्डका सामान बिक्री भइरहेका छन् ।

मेलामा स्वदेशी सातवटा कम्पनीको विभिन्न ब्रान्ड जुत्ताचपल सस्तो सुलभ दाममा बिक्री गर्ने लक्ष्य रहेको आयोजकमध्येका नेपाली जुत्ताघर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले बताए । बीएफ डियर हिलका प्रबन्धनिर्देशक उपाध्यायका अनुसार नेपालमा १५ सयभन्दा बढी उद्योगको लगानी करिब १७ जोखिममा रहेकोले सरकारले नेपाली सेना, प्रहरी, निमामती कर्मचारी, शिक्षक लगायत पेशामा स्वदेशी उत्पादन मात्र प्रयोग गर्नुपर्ने नियम लागू गर्नुपर्ने आवश्यकता रहेको बताए । यसले स्वदेशी उत्पादनलाई संरक्षण र प्रवर्द्धन गर्नमा सहयोग पुग्छ ।

साथै उनले स्वदेशी उत्पादनले आयात गर्ने कच्चा पदार्थमा पनि भन्सार सुविधा दिइनुुपर्ने सरकारसँग माग गरे । मेलामा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको मेला आयोजक समितिले जनाएको छ । मेलामा शिखर, रन, बीएफ डियर हिल, सुज ल्यान्ड, कोसेली, क्रस रोल, हिल गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्री भइरहेको छ ।

स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न र भिजिट नेपाल सुरु भएको देशमा देशको विभिन्न कुनाकाप्चाको उपभोक्ताहरुलाई सस्तो दाममा फुटवेयर अर्थात् जुत्ताचप्पल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवर्द्धन र संरक्षण गर्न मेलाको उद्देश्य रहेको मेला सञ्चालक समितिका रुद्र न्यौपानेले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया