Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभन्सार, भीसीटीएस र करसम्बन्धी नाडाको प्रशिक्षण

भन्सार, भीसीटीएस र करसम्बन्धी नाडाको प्रशिक्षण


काठमाडौं, माघ १०
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ६८औँ विश्व भन्सार दिवसको अवसरमा भन्सार, भीसीटीएस, तथा करसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । नाडाले भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यमा बिहीबार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले भन्सार, भीसीटीएस तथा कर सम्बन्धमा व्यवसायीहरुमा धेरै अन्योल रहेकोले त्यसको समाधानको लागि सम्बन्धित विभागहरुबाट नै सहयोग लिई यो प्रशिक्षण कार्यक्रम गरिएको बताए । कार्यक्रममा महानिर्देशक दाहालले मालवस्तुहरुको सही मूल्य घोषणा व्यवसायीहरुले नै गर्ने बताए । उनले भन्सार प्रणाली र कर प्रणाली व्यवसायीहरु मै निहित रहेको बताए । उनले डुइङ्ग बिजनेसको स्तरमा नेपाल भारतभन्दा अगाडि रहेको बताए । ‘अहिले विभाग पेपरलेस भइसकको छ भने अब नो पेपरतर्फ विभाग जाँदै छ’, उनले भने, ‘नेपालका प्रमुख भन्सार कार्यालयहरु अहिले आईसीपीतर्फ जाँदै छ ।’ व्यवसायीहरुले भन्सारसम्बन्धी सूचना वा जानकारीहरु इमेल तथा टोल फ्रिमार्फत लिन सकिने व्यवस्था भएको उनले जानकारी दिए ।

उक्त तालिम कार्यक्रममा नाडाका कुल ८१ सदस्य फर्म÷कम्पनीहरुले आफ्नो सहभागिता जनाएका छन् । उक्त कार्यक्रममा भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाल, राजश्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मी, आन्तरिक राजस्व विभागका शाखा अधिकृत राजु प्याकुरेल र चार्टर्ड एकाउन्टेन साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । अटोमोबाइल व्यवसायीहरुले भोग्नुपरिरहेका विविध समस्याहरुलाई दृष्टिगत गरी यस किसिमको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नाडाले जनाएको छ । उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोबाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया