देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव गर्ने
काठमाडौं, माघ १२
गोकर्णेश्वर नगरपालिकाको आयोजनामा आगामी फागुन १६ गते देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव हुने भएको छ । गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकालाई साहित्यको उद्गम क्षेत्रको रुपमा परिचित गराउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए । ‘भैरव अर्याल, रमेश विकलजस्ता महान् स्रष्टाहरुको जन्मभूमि तथा कर्मभूमिको रुपमा परिचित गोकर्णेश्वर नगरपालिकालाई साहित्यको केन्द्र बनाउनु प्रतियोगिताको लक्ष्य रहेको छ’, मेयर चालिसेले भने । महोत्सवलाई सफल बनाउन मेयर चालिसेको संरक्षकत्व एवं साहित्यकार गोविन्द घिमिरे वेदमणिको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
देशको संविधान र कानुन विरुद्ध नहुने शीर्षकमा आधारित बढीमा दुई सय शब्दसहितको कविता, प्रतियोगिताका लागि योग्य मानिने नगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिता प्रदेशस्तरको पनि हुने भएकाले पहिलो, दोस्रो, तेस्रो एवं सान्त्वना पुरस्कारका लागि केन्द्रस्तरमा सर्वोत्कृष्ट कविताहरु छुट्याएपछि मात्र बाँकी रहेका तिनै प्राप्त कविताहरुबाट प्रदेशस्तरको उत्कृष्ट तीन कविताहरु छुट्याइने महोत्सव संयोजक घिमिरेले जानकारी दिए । प्रतियोगिताको निष्पक्षता र विश्वसनीयता कायम गर्नका लागि स्थापित मूल्यांकन पद्धतिको आधारमा विज्ञ समूहबाट मूल्यांकन गराइने र उक्त मूल्यांकनबाट उच्चतम श्रेणीमा आएका कविताहरुमध्ये बढीमा ४० जनासम्मलाई वाचनको लागि सिफारिस गरिने भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- लुम्बिनी प्रदेशमा सरकार विस्तार
- तातोपानी भन्सारमा नौ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
- मधेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
- राष्ट्रपतिद्वारा अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी
- अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको छ: मन्त्री भण्डारी
- पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नगरेका पाठ्यपुस्तक प्रयोग भए कारबाही गरिने
- कपिलेश्वरमा जलिरहेको अवस्थामा युवतीको शव फेला
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया