Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनमूना कृषि सडक निर्माणकार्य सम्पन्न

नमूना कृषि सडक निर्माणकार्य सम्पन्न


दोलखा, माघ १२
बैतेश्वर गाउँपालिकाको आर्थिक सहयोगमा पालिकाको स्थायी केन्द्र पाडुडाँडा जोड्ने करिब साढे तीन किलोमिटरको नमूना कृषि सडक निर्माण सम्पन्न भएको छ । बैतेश्वर गाउँपालोकाको ३ नम्बर वडा हुँदै चल्ने सो सडक गाउँपालिकाले उपभोक्ता समिति बनाएर छोटो समयमा नै निर्माण सम्पन्न गरेको हो । गाउँपालिकाभित्रका चारवटा वडालाई पायक पर्ने गरी गाउँपालिका केन्द्र जोड्ने छोटो दूरीको कृषि सडक गाउँपालिकाभित्रकै नमूना सडक निर्माण भएको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए ।

अध्यक्ष लामाका अनुसार कृषि सडक निर्माण गर्न केही स्थानीय किसानको खेत परे पनि कृषि सडक निर्माणले भविष्यमा सडक दुःख कम हुने र उत्पादनले सहज रूपमा बेसीका किसानले कृषि सडकबाट ठूलो फाइदा लिनेछन् । पालिकाभित्रका वडा १, २, ३ र ४का वडालाई लक्षित गरेर छोटो दूरीको छ मिटर फराकिलो सडक निर्माण भएको हो । करिब १२ सय स्थानीय किसानलाई पायक पर्ने गरी नयाँ कृषि सडक खन्न लागिएको बैतेश्वर गाउँपालिका कृषि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष एम कुमार तामाङले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया