Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको ‘डेटा सधैँ अन’ नयाँ अभियान

एनसेलको ‘डेटा सधैँ अन’ नयाँ अभियान


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै ‘डेटा सधैँ अन’ नामक नयाँ अभियान सञ्चालन गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्यान्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैँ कनेक्टेड र अन रहन प्रोत्साहन गर्ने कम्पनीको भनाइ छ । कम्पनीले उक्त अभियान गत सोमबारदेखि नै सञ्चालनमा ल्याएको हो ।

एनसेलले नवीन प्रविधिहरु भित्र्याउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धताबमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पु-याउँदै देशको दुई तिहाइभन्दा बढी जनसंख्यामा फोरजी सेवाको विस्तार गरिसकेको जनाएको छ । कोभिड–१९ को महामारीले निम्त्याएको विषम परिस्थितिका बीच पनि एनसेलले फोरजी ब्रोडब्यान्ड सेवालाई देशको पाँच सय ५० भन्दा बढी स्थानीय तहसम्म विस्तार गरिसकेको छ ।

यस्तै बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको कम्पनीको भनाइ छ । कम्पनीले उच्च गतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्याण्ड फोरजी/एलटीई सेवाले नेपालको डिजिटाइजेसन यात्रामा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ । यस महामारीले अर्थतन्त्रहरुलाई आफ्नो डिजिटल यात्रालाई छिटो अगाडि बढाउन, कमजोर नहुन र ब्रोडब्यान्डबाट लाभ लिँदै पुनरुत्थानका कार्यलाई राम्रोसँग चाँडै अगाडि बढाउन आवश्यक बनाई दिएको कम्पनीको भनाइ छ ।

एनसेल देशको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासमा एक प्रमुख भूमिका निर्वाह गर्दै देशैभर उच्चगतिको इन्टरनेट सेवाको पहुँच सुनिश्चित गर्न र डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पु-याउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्छन् ।

यस्तै थ्रिजी सिम प्रयोग गरिरहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात् आफूले चलाइरहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्छन् । फोरजी/एलटीई प्रविधिअन्तर्गत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदानप्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरु सजिलै हेर्नलगायतका कामहरु गर्न सकिने कम्पनीले जनाएको छ ।

उच्चगतिको डेटा कनेक्टिभिटी आर्थिक र मानव विकासको लागि एक आधारभूत आवश्यकता बनि सकेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसले शिक्षा र स्वास्थ्य जस्ता अत्यावश्यक सेवाहरु प्रवाह गर्न सक्ने क्षमता राख्दछ । बढ्दो डिजिटल डिभाइडको खाडल, असमानतालाई कम गर्न र समुदाय स्तरमा सामाजिक विकासका लागि आवश्यक हुने विभिन्न अवसरहरुका निमित्त पनि यो अत्यावश्यक रहेको कम्पनीको भनाई छ ।

कम्पनीका अनुसार कोभिड–१९ को प्रभाव पश्चात आफ्ना परिवार, साथीभाइ, आफन्तहरुसँग सम्पर्कमा रहिरहन, घरबाटै कार्यलयको काम गर्न र दुर शिक्षा अर्थात अनलाइन कक्षा लगायतका कार्यका लागि पनि यो नभई नहुने भएको छ । आफ्ना ग्राहकलाई सधैं डिजिटल्ली कनेक्टेड रहन प्रोत्साहित गर्नका लागि यस ‘डेटा सधैं अन’अभियान अन्तर्गत विभिन्न सेवा तथा अफरहरु सुलभ दरमा प्रदान गर्न एनसेल प्रतिबद्ध रहेको कम्पनीको भनाई छ । मोबाइल ब्रोडब्याण्डको फाइदा सुनिश्चित गराउँदै कम्पनीले विभिन्न उपभोक्तामैत्री अफरहरु ल्याउने पनि जनाएको छ ।

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्छन् । साथै विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ । एनसेलले देशभरी ७२ लाख भन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ र त्यस मध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया