Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनमस्ते पे मोबाइल भुक्तानी सेवा सञ्चालन

नमस्ते पे मोबाइल भुक्तानी सेवा सञ्चालन


काठमाडौँ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नमस्ते पे मोबाइल भुक्तानी सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन सुरु भएको छ । मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पु-याउने उद्देश्यले वि.सं. २०७६ वैशाख १९ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच औपचारिक समझदारी भएको थियो ।

२०७७ साउन १३ मा विधिवत् रुपमा स्थापित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडमार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन मंगलबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो । सो कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्याल, राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकम तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख तथा सञ्चालक समितिका सदस्य तथा उच्चपदस्थ पदाधिकारीहरु, नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका अध्यक्ष राजेन्द्र अर्याललगायत सञ्चालकहरू, डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्ने संस्थाहरूका प्रतिनिधिहरूलगायतको उपस्थितिमा नमस्ते पे वालेट सेवाको लोगो अनावरण, एण्ड्रोइड मोबाइल एप अनावरण तथा ५०० शर्टकोड युएसएसडिबाट सो सेवा प्रयोग समेतको सुरुवात गरिएको थियो ।

कोभिड महामारीको कारण सेवा सञ्चालनको लागि खरिद गरिएको उपकरण आपूर्तिमा भएको ढिलाइ एवम् सिस्टमको विकास र परीक्षणमा संलग्न जनशक्तिलाई पारेको अप्रत्याशित प्रतिकूल प्रभावको कारण सेवाको व्यावसायिक सञ्चालन सुरु गर्न केही ढिलाइ भए पनि प्रथम चरणको सेवा कम्पनी स्थापना भएको लगभग १३ महिनाको अवधिमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मोबाइल सेट बजारको ९५ प्रतिशतभन्दा बढी हिस्सा ओगटने एण्ड्रोइड सिस्टमको मोबाइल एप यस चरणमा उपलब्ध हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया