Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी टेकलाइफ इको सिस्टम डीजोको पहिलो ब्रान्ड नेपालमा

रियलमी टेकलाइफ इको सिस्टम डीजोको पहिलो ब्रान्ड नेपालमा


काठमाडौं । डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेडअन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ । कम्पनीका अनुसार ‘डी–जो’ भनेर उच्चारण गरिने यो नयाँ ब्रान्डको उद्देश्य भनेको प्राविधिक समानताको बाधाहरुलाई तोड्ने र सबै उपभोक्ताहरुको आवश्यकताहरुलाई मध्यनजर गरेर विभिन्न समाधानको समस्याहरुलाई हल गर्नु हो । आफ्ना उपभोक्ताहरुलाई ‘फरक हुन’ र सामाजिक रूपबाट धेरै सक्रिय र अद्वितीय हुन आग्रह गर्दै डीजोले उपभोक्ताको व्यक्तित्वको प्रशंसा गर्ने टेक्नोलोजीको प्रस्तुति दिएको छ ।

डीजोकोे फिलोसोफी र अहिलेसम्मको यात्रालाई स्मार्ट टेक लाइफद्वारा इन्हान्स्ड गरिएको छ । डीजोले सबैलाई आफूले वाचा गरेको जीवनको आनन्द उठाउन सशक्त बनाउने लक्ष्य राखेको छ । कम्पनीका अनुसार डीजो रियलमी औद्योगिक डिजाइन, सपोर्ट चेन र एआईओेटी एक्सपेरियन्स ३ वटा प्रमुख एस्पेक्टमा आउँछ । डीजोको फोकस भनेको एआईओेटी उत्पादनहरुको एक सम्पूर्ण रेन्जको एउटा पोर्टफोलियो बनाउनु हो । त्यो कुरालाई ध्यानमा राखेर, डीजोको चार वटा प्रमुख उत्पादनका श्रेणीहरु–स्मार्ट इन्टरटेन्मेन्ट, स्मार्ट होम, स्मार्ट केयर र एक्सेसरिजहरुमा ध्यान केन्द्रित रहेको छ ।

कम्पनीले डीजो ब्रान्ड फिचर फोनको मोडल स्टार ३०० पनि लन्च गरेको छ, जसको डिजाइनमा प्रिमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्री जुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध छ । अर्को मोडल स्टार ५०० प्रिमियम डिजाइन२.८ इन्चको बिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ जसले दुईवटा सिमलाई सपोर्ट गर्दछ ।

एआईओटी गोपड्सका साथसाथै गो पड्स डी र स्मार्ट घडी जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्दछ यिनीहरु पनि उपलब्ध रहेका छन् । डीजो स्टार ३०० को मूल्य दुई हजार ७८ रुपैयाँ, डीजो स्टार ५०० को मूल्य दुई हजार आठ सय ७८ रुपैयाँ, गोपड्सको मूल्य छ हजार ६९ रुपैयाँ, गोपड्स डीको मूल्य दुई हजार आठ सय ९९ रुपैयाँ र स्मार्ट घडीको मूल्य छ हजार चार सय ६४ रुपैयाँ रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया