Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएसिएन अफ्रिकन चेम्बर अफ कमर्समा पोखरेल

एसिएन अफ्रिकन चेम्बर अफ कमर्समा पोखरेल


काठमाडौं । एसिएन अफ्रिकन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको नेपाल च्याप्टरमा वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा. शम्भु पोखरेल चयन भएका छन् । चेम्बरको गत सोमबार बसेको सञ्चालक समितिको बैठकले त्यस्तो निर्णय गरेको एसिएन अफ्रिकन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले जनाएको छ ।

एसिया र अफ्रिकाका देशहरुको व्यवसायीहरु तथा व्यावसायिक एसोसिएसनहरु सदस्य रहेका सो चेम्बरको पहिलोपटक नेपाल च्याप्टर सुरु भएको हो । आफू नेपाल च्याप्टरको अध्यक्ष भएपछि अब नेपाल र एसियाका अन्य मुलुकहरु र अफ्रिकाका मुलुकहरुमा व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए । वल्र्ड ट्रेड ग्रुपअन्तर्गत नेपालमा बिजनेस टेलिभिजन, सीईओ क्लब, ब्ल्याकहोल आईटी सोलुसन, काठमाडौं स्कुल अफ बैंकिङ एण्ड इन्स्योरेन्सलगायतका दर्जन बढी संस्थाहरु सञ्चालनमा छन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया