Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालभर फोटोन मोटर्सको सर्भिस नेटवर्क

नेपालभर फोटोन मोटर्सको सर्भिस नेटवर्क


काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफ्नो सर्भिस नेटवर्क देशभरि विस्तार गरेको जनाएको छ । कम्पनीका सर्भिस हेड विदेशमान सिंह डंगोलले देशको अधिकांश ठाउँबाट ग्राहकले अब सेवा लिन पाउने बताए ।

उनका अनुसार देशका २५ भन्दा बढी वर्कसपबाट ग्राहकले एक घण्टाभित्र सेवा पाउनेछन् । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि ग्राहकसँग निरन्तर सम्बन्ध राम्रो बनाइराख्न चाहन्छ। कम्पनी आउने वर्षमा पनि आक्रामकरुपमा सर्भिस नेटवर्क विस्तार गर्ने योजनामा रहेको पनि उनले जानकारी दिए ।

ग्राहकले सर्भिससम्बन्धी जानकारी ९८०२०५७७२१ र ९८६०२४३६१६ मा कल गरेर लिन सकिनेछ । नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९–सिट क्षमताको भ्यान भ्यु सीएस२ एल र १६–सिट क्षमताको भ्यान भ्यु सीएस२ विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया