Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगईपीएलका लागि पोखरा राइनोजको लोगो र जर्सी सार्वजनिक

ईपीएलका लागि पोखरा राइनोजको लोगो र जर्सी सार्वजनिक


काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)का लागि पोखरा राइनोजले लोगो र जर्सी सार्वजनिक गरेको छ । पोखराले यस संस्करणमा पूरानो लोगोलाई अझ परिष्कृत बनाएको जनाएको छ । यस नयाँ लोगोले पोखरा राइनोजका प्रशंसकहरुलाई रोमाञ्चित पार्ने र हरेक प्रतिस्पर्धी टोलीहरुलाई बलियो चुनौती दिने संकेत गर्दछ ।

अहिलेको नयाँ लोगोको स्वरुपले पोखरा राइनोजलाई नयाँ उचाइमा लैजान हौसला प्रदान गर्नेछ । यस लोगोले टिमको बलियो, एकजुट र गर्विलो उपस्थितिलाई जनाउँछ । यस लोगोमा रहेको कालो रंगले टिमको शक्ति, भव्यता, परिष्कृत र विश्वासलाई प्रतिनिधित्व गर्दछ भने सुन्तला रंगले टिमको खुसी, सफलता, दृढ संकल्प र उत्साहको संकेत गर्ने बताइएको छ । पोखरा राइनोजको बजाज पल्सर ईपीएल २०२१ को लागि जर्सी र सुरुवाल कालो र सुन्तला रंगको छ । यी दुवैमा देखिने सुन्तला रंगको घेरा तथा धर्काहरुले सुन्दरता थपेको छ । अगाडि माछापुच्छ्रे हिमालले सजिएको यस जर्सीको घाँटी सुन्तला रंगको छ भने बाँकी माथिल्लो भाग आकर्षक कालो रंगमा छ । जर्सीको तल्लो भागतिर आउँदै गर्दा कालो रंग सुन्तला रंगसँग मिसिँदै जान्छ र अझ आकर्षक देखिन्छ ।

छातीको बायाँ भागमा पोखरा राईनोजको लोगो छ भने दायाँमा पोखरा अर्को प्रायोजक पोखरा प्योर एज प्याराडाइजको लोगो छ । बीचको भागदेखि तलसम्म पोखराको झझल्को दिने माछापुच्छ्रे हिमालले सजाइएको जर्सीमा राइनोजको ईपीएल टी२० २०७८ का लागि प्रमुख प्रायोजक सौर्य सिमेन्टको लोगो हिमालको ठीक माथि राखिएको छ । त्यसैगरी, दुवै पाखुरामा आधिकारिक प्रायोजकहरु, मिट्सुबिसी मोटर्स र एडीएनओसी ल्युब्रिकेण्ट को लोगो रहेको छ । यस फ्रान्चाइज लिग, बजाज पल्सर ईपीएल २०२१, को लोगो दायाँ पाखुरामा देख्न सकिन्छ ।

जर्सीको पछाडिको भागमा अर्को प्रमुख प्रायोजक, जगदम्बा सुपर शाइनको लोगो रहेको छ । यस लोगोको ठीक तल राइनोजका प्रशंसकहरुको लागि बनाइएको जर्सी नम्बर छ । सो नम्बरभित्रको तल्लो भागमा वृक्षरोपणमार्फत स्वस्थ वातावरणको प्रवद्र्धन गर्ने ब्रेथ क्लिनको लोगो रहेको छ । यसैगरी, जर्सी नम्बरको तल पोखरा राइनोजको ह्यासट्याग गैँडा प्रयोग गरिएको छ । बायाँ काँधमा रहेको चारवटा गैंडाले पोखरा राइनोजले नेपालको फ्रेन्चाइज लिगमा खेलेको चार सिजनलाई संकेत गर्दछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया