Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौं किंग्स इलाभेनको मुख्य प्रायोजक शिवम् सिमेन्ट

काठमाडौं किंग्स इलाभेनको मुख्य प्रायोजक शिवम् सिमेन्ट


काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेटअन्तर्गत काठमाडौं किंग्स इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ । असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुने बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौँ किंग्स इलाभेनमा आबद्ध हुनेछ ।

हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाडौं किंग्स ११ को तर्फबाट टेली होल्डिङ्स प्रालिबीच सम्झौतामा हस्ताक्षर भएको थियो । शिवम्ले काठमाडौं किंग्स इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा समेत आबद्ध हुने जनाएको छ । टीयू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने बजाज पल्सर एभरेष्ट प्रिमियम लिगमा छ टिमहरु सहभागी हुनेछन् ।

बहुचर्चित नेपाली बलर सन्दीप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौँ किंग्स इलाभेन टिममा अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आबद्ध छन् भने गुल्सन झा, सुवास खकुरेल र सिद्धान्त लोहनीसहित राष्ट्रियस्तरका स्टार खेलाडीहरू रहेका छन् । अनुभवी ख्यातिप्राप्त खेलाडीहरूले भरिएको सन्तुलित टिम भएको हुनाले काठमाडौँ किंग्स इलाभेनले यस बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा खेलमार्फत सबैको मन जित्ने विश्वास लिइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया