Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवृज सिमेन्टको क्लबमा आबद्ध सदस्यका परिवारलाई ५ लाख सहयोग

वृज सिमेन्टको क्लबमा आबद्ध सदस्यका परिवारलाई ५ लाख सहयोग


काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिको वृज एक्सपर्ट मेसन क्लब प्रभावकारी बन्दै गएको छ । क्लबमा आबद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएपछि कम्पनीले परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

गत जेठ ८ गते क्लबका सदस्य प्युठान जिल्ला नौबहिनी गाउँपालिका १ स्याउली वाङका ३९ वर्षीय बोम बहादुर मल्ल, उनकी श्रीमती र छोरा गरी तीन जनाको घटनास्थलमै मुत्यु भएको थियो । सोही परिवारलाई वृज सिमेन्टले पाँच लाख रुपैयाँ बीमाबापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जिसीले मृतककी छोरी कुमारी मल्ललाई पाँच लाखको चेक हस्तान्तरण गरेका थिए । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले वृज सिमेन्ट एक्सपर्ट मेसन क्लब स्थापना गरी क्लबमा आबद्ध सदस्यहरुको पाँच लाखबराबरको बीमा योजना अगाडि बढाएको छ ।

देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माणकर्मीहरुलाई ‘एक्सपर्ट मेसन क्लब’मा आबद्ध गरेर बीमासहितका थप सुविधाहरु प्रदान गर्दै आएको वृज सिमेन्ट कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले जानकारी दिए । पौडेलले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्न र निर्माणकर्मीको परिवारको पनि सुरक्षाको जिम्मेवारीको महशुस गरी कार्यक्रम ल्याएको बताए ।

उक्त कार्यक्रमलाई अझै प्रभावकारी र फलदायी बनाउन कम्पनीले ‘एक्सपर्ट मेसन क्लब’मा आबद्ध निर्माणकर्मी साथीहरुलाई उपहारसहित पास बुक वितरण गरेको छ । योजनाअन्तर्गत वृज सिमेन्ट इण्डस्ट्रिज प्रालिका कुनै पनि उत्पादनहरु खरिद गरी योजनामा सहभागी हुन सकिनेछ ।

कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिन देशका विभिन्न स्थानहरु काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, चरीकोट, धादिङ, त्रिशूली, आँबुखैरेनी, लमजुङ, पोखरा, दमौली, वालिङ, नारायणघाट, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर, शीतलनगर, बुटवल, स्याङ्जामा कार्यक्रम सञ्चालन गरिएको थियो । अहिलेसम्म कम्पनीले दुई हजार पाँच सय बढी निर्माणकर्मी साथीहरुलाई ‘एक्सपर्ट मेसन क्लब’ मा आबद्ध गरिसकेको वृज सिमेन्टले जनाएको छ । कम्पनीले बढीभन्दा बढी निर्माणकर्मीहरुलाई यस क्लबमा आबद्ध गराउने र क्लबमा आबद्ध सदस्यहरुलाई आवश्यक सहयोग जुटाउने योजना वृज सिमेन्टको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया