Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमोटरहेडको नयाँ टेक्कन आर २५० सार्वजनिक

मोटरहेडको नयाँ टेक्कन आर २५० सार्वजनिक


काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालको लागि अधिकृत बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नेपालमा नयाँ टेक्कन आर २५० नेपालमा सार्वजनिक गरेको छ ।

नेपाल अटो डिलर एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद दुलाल, एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरे, एसएलआर टेक्नो एण्ड ट्रेड प्राइवेट लिमिटेडका अध्यक्ष लोक हर्ष शाक्य र एसएलआर टेक्नो एण्ड ट्रेड प्राइवेट लिमिटेडका निर्देशक सुगम घिमिरेले एक कार्यक्रमका बीच संयुक्त रुपमा मोटरहेड नयाँ टेक्कन आर २५० मोटरसाइकलको नेपाली बजारमा बिक्री शुभारम्भ गरेका हुन् । नयाँ बाइकको सुरुवाती मूल्य नेपालमा चार लाख पाँच हजार रुपैयाँ तोकिएको छ, जुन सीमित समय अवधिको लागि मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यो दुई आकर्षक रंग र ग्राफिक्समा उपलब्ध छ । यो बाइक ‘हरेक सडकलाई चुनौती’ दिने किसिमले डिजाइन गरिएको छ । यसको उन्नत इन्जिन, कडा चेसिस/फ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट्स, राम्रो डिजाइन, इनबिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायक सिट भएकोले नेपालको युवाहरुले अत्यन्तै मन पराउनेछन् । बिक्रीपछिको सेवाको गुणस्तर वृद्धिमा निरन्तर प्रयास र मोटरहेड चीन टिमसँग निकट समन्वय गरी आउँदा दिनहरुमा पूरै नयाँ स्तरमा ग्राहकहरुलाई सन्तुष्टि दिनेमा आफूहरु विश्वस्त रहेको कम्पनीको भनाइ छ ।

मोटरहेडको हाल प्रमुख सहरहरुमा थ्रीएस सुविधा (बिक्री, सेवा र स्पेयर)सहित १४ वटा डिलर आउटलेटहरु छन् । धोबीघाट –३, ललितपुर कलंगा कम्प्लेक्स परिसरमा यसको कर्पोरेट शोरूम छ । कम्पनीले भर्खरै धादिङ्ग, मन्थली र कावाशोतीमा ३ अतिरिक्त थ्रीएस आउटलेट ल्याएको छ । चीनको वर्तमान व्यापार नीतिमा भर्खरै परिवर्तन पनि आएकोले ग्राहकहरुलाई स्पेयर पार्ट्स र उत्पादनको सहज उपलब्धतामा अधिक विश्वस्त बनाएको कम्पनीको भनाइ छ ।

एसजी समूह इटालियन मोटरसाइकल र स्कुटरको कम्पनी तारो मोटर्सको पनि आयातकर्ता हो । कम्पनीले अफ रोड मोटरसाइकलहरु चीनबाट आयात गर्दै आइरहेको छ । एसएलआर टेक्नो एण्ड ट्रेडले मोटरहेड ब्रान्ड ५ वर्षदेखि नेपालको दुईपांग्रे बजारमा– डर्ट सेगमेन्टको रूपमा परिचित गराएको छ । त्यसबाहेक, कम्पनीले क्रसओभर र स्क्राम्बलर सेगमेन्टहरुलाई पनि लोकप्रिय बनाउन धेरै प्रयास गरेको छ । मोटरहेड बाइक नेपालको सबै भू–भागको लागि उपयुक्त हुनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, प्रशंसनीय पिक अप, पावर र आरामको लागि परिचित छ । अहिले सात फरक मोडेलहरुमा मोटरहेड अपग्रेडेड एमएच१५० आर, एमएच २००, टेक्कन २२३ सीसी मोडेलहरु, स्पोट्र्स अफरोड(डर्ट), स्पोट्र्स अनरोड, एक्स टर्क र स्क्राम्ब्लर २५० रहेका छन्, जसको मूल्यहरु दुई लाख ९५ हजार रुपैयाँदेखि चार लाख ५५ हजार रुपैयाँसम्मका छन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया